20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

थाइल्यान्डबाट स्वदेश फर्कियो पुर्वराज परिवार,विमानस्थलमा समर्थकले गरे जयजयकार

    | प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६  

काठमाडौं । “राजा आउ देश बचाऔ “भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्वराजा ज्ञानेन्द्र शाह परिवारको जयजयकार गरिएको छ ।

सोमबार दिउँसो थाइल्यान्डबाट स्वदेश फर्किएका शाह परिवारको स्वागत र समर्थनमा विमानस्थलमा राजसस्था पुनःस्थापनको नारा गुन्जिएको हो । सो अबसरमा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो ।

सोमबार दिउसो पुर्वराजा शाह थाइ एयर बेजबाट नेपाल फर्किएका थिए । शाहसहित पुर्वरानी कोमल र हिमानी पनि स्वदेश फर्किएका छ्न ।

पुर्वराजा शाहको स्वागतका लागि विमानस्थल पुगेका राजावादी ,हिन्दुवादी ,राजतन्त्र समर्थन गर्ने नेपाली नागरिक र उनका समर्थकले “हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ,राजा आउ देश बचाउ भन्दै चर्को नाराबाजी गरे ।

उनको स्वागतका लागि बिहानै देखि विमानस्थलमा सर्वसाधारणको बाक्लो घुइँचो थियो । गत भदौ २७ गते शाह थाइल्यान्डको बैंकक प्रस्थान गरेका थिए । पछिल्लो समय मुलुकमा राजसस्था पुनर्स्थापनाको माहोल समेत तातेको छ ।

प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६     3:47:10 PM  |

प्रतिक्रया दिनुहोस्