23 September 2019  |   सोमवार, अशोज ६, २०७६

वर्तमान सरकार इतिहासकै भ्रष्ट सरकार हो -कमल थापा

    | प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६  

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बर्तमान सरकार इतिहासकै भ्रष्ट सरकार भएको आरोप लगाएका छ्न । देशमा दुई तिहाइको सरकार आएपछि स्थानीय स्तरमादेखि केन्द्रसम्म भ्रष्टाचार ब्याप्त बनेको बताए ।

सोमबार हेटौंडामा पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सरकार सञ्चालक र ठूला दलका नेताका कारण अहिले स्थानीय तहदेखि केन्द्रसम्म भष्ट्राचार मौलाएको बताए । अहिले नेपालमा त्रिकोणात्मक रुपमा देशलाई लुट्ने काम भइरहेको अध्यक्ष थापाको आरोप छ ।

ठूला नेता, व्यापारी र कर्मचारीको गठबन्धनमा लोकतन्त्रको आडमा देशमा लुटतन्त्र भइरहेको उनले बताए । उनले ‘ठूला नेता, व्यापारी र कर्मचारीको सेटिङमा देशमा मनलाग्दी गर्ने काम भइरहेको टिप्पणी गरे । उनले एनसेल प्रकरण, वाईडबढी र ३८ केजी सुन काण्डलाई हेर्दा पनि देशमा कसरी लुटतन्त्र हाबी भइरहेको छ भन्ने प्रष्ट हुने बताए ।

अध्यक्ष थापाले पछिल्लो समय अदालतलाई समेत विवादमा ल्याएर आफुअनुकुल बनाएको बनाएको उल्लेख गरे । देशमा लुटतन्त्र मच्चाउनका लागि ठूला दलले कारबाही गर्ने, अनुगमन गर्ने र न्याया दिने स्थानमा कार्यकर्ता भर्ती गरेको उनको आरोप छ ।

२०६२÷०६३ को आन्दोलन पछि नयाँ नेपाल निर्माण गर्ने प्रतिवद्धता जनाएका ठूला दलले परिवर्तनको नाममा राष्ट्रियता र एकतालाई भत्काउने काम गरेको थापाले बताए । परिवर्तनपछि कम्युनिष्ट र कांग्रेसको सरकारले देशको प्राचिन मूल्यमान्यता र संस्कृतिलाई कमजोर बनाउने खेलमा लागेको उनको भनाइ छ ।

प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६     6:11:48 PM  |

प्रतिक्रया दिनुहोस्