8 December 2019  |   आइतवार, मंसिर २२, २०७६

बाँकेमा काङ्ग्रेस कार्यक्रममा प्रवेश गरी आक्रमण गर्नेलाई सरकारले कारबाही गर्छ :गृहमन्त्री

    | प्रकाशित मितिः शनिबार, भदौ २८, २०७६  

काठमाडौ । सरकारले नेपाली कांग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्र्तगत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने भएको छ । घटनामा विषयमा आवश्यक अनुसन्धान भैरहेको भन्दै दोषी जोसुकै भएनी कार्बाहीको दायरामा आउने सरकारले जनाएको छ ।

नेपाली कांग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले आज बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाका दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताएका हुन् । उनले स्वतन्त्र पुर्वक बिचार राख्न पाउने,छलफल गर्न पाउने अधिकार सबैमा रहेको भन्दै एक सिङ्गो पार्टीको कार्यक्रम बिथोल्ने,आक्रमण गर्ने कार्य निन्दनीय भएको भन्दै उनले बाकेमा हुन नहुने घटना भएको र घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर रहेको बताए ।

गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारवाही हुने बताए । घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारवाही गर्ने उनको भनाइ थियो ।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले कांग्रेसको जागरण अभियान सञ्चालनका क्रममा कार्यक्रम चलिरहेको बेलामा पार्टी जिल्ला सभापतिसहितलाई हातपात गर्नु निन्दनीय कार्य भएको बताए ।

कांग्रेस ललितपुरका सभापति मदन अमात्यले नेपाली कांग्रेसको कार्यक्रम बिथोल्ने मनसायका साथ उक्त घटना घटाइएको भन्दै घटनाको दोषीलाई तत्काल कारवाही गर्नुपर्ने बताए ।

प्रकाशित मितिः शनिबार, भदौ २८, २०७६     12:20:34 PM  |

प्रतिक्रया दिनुहोस्