20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

मोडल सुरज मल्लले सृष्टि खड्कालाई “ओई मेरि झुम्की” भनेर जिस्क्याएपछि (भिडियो सहित)

    | प्रकाशित मितिः शनिबार, भदौ २८, २०७६  

काठमाडौं । मोडल सुरज मल्लले सृष्टि खड्का लाई “ओई मेरि झुम्की” भनेर जिस्क्याएका छन् ।

भर्खरै बजारमा आएको डेउडा गित झुम्की मार्फत सुरजले सृष्टि लाई “ओई मेरी झुम्की” भनेर जिस्काएका हुन्। उनले सृष्टि संग निकै नै उत्कृष्ट अभिनयका साथै रोमान्स पनि गरेका छ्न् । गायक बिष्णु भट्टको स्वर र संगीत रहेको झुम्कि गितमा उमेश कठायतले शब्द भरेका छन् । गितको सबै पक्ष निकै नै उत्कृष्ट बनेको छ । गितमा चर्चित मोडल सृष्टि खड्का, सुरज मल्ल र कैलाश कठायतले उत्कृष्ट अभिनय तथा नृत्य गरेका छन् । बिक्रम चौहानको निर्देशन रहेको “झुम्की” गितको छायांकन प्रकाश खड्काले गरेका हुन् ।

बि. स्टार फिल्मसले दृश्य निर्माण गरेको उक्त गितको सम्पादन मिलन बिश्वकर्माले गरेका हुन् । एभरेस्ट ग्यालरी युट्युब च्यानल मार्फत गित बजारमा आएको छ । देउडा संस्कृति समेटिएको हुनाले यस गितलाई सबैले रुचाउनेमा आफू आशावादी रहेको गायक बिष्णु भट्टले बताएका छन्। मोडल सुरज मल्लले गित र भिडियो निकै नै फरक भएकाले सबैले रुचाउने र अहिले सम्म राम्रो प्रतिकृया आइरहेको बताएका छन्।

भिडियो हेर्नुहोस्

प्रकाशित मितिः शनिबार, भदौ २८, २०७६     2:00:58 PM  |

प्रतिक्रया दिनुहोस्