14 October 2019  |   सोमवार, अशोज २७, २०७६

सुर्खेत समाज दक्षिण कोरियाको सातौं अधिवेशन सम्पन्न, हिमाली टाइम्स डटकमकर्मी ‘हमाल’ सम्मानित 

    | प्रकाशित मितिः शनिबार, भदौ २८, २०७६  

सउल, दक्षिण कोरिया । सुर्खेत जिल्लाबाट रोजगारी लगायत विभिन्न उद्देश्य लिएर दक्षिण कोरिया आएका युवाहरुको साझा संस्था ‘सुर्खेत समाज दक्षिण कोरिया’ को सातौं अधिवेशन सम्पन्न भएको छ।

‘सबैलाई माया र सम्मान, सुर्खेती हुनुको  पहिचान’ नारा लिएर विभिन्न सामाजिक कार्यहरू गर्दैआएको सुर्खेत समाजको सातौं अधिवेशनले लोकेश खत्रीको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा पुस्कर बुढाथोकी, उपाध्यक्षमा कृष्ण पौडेल, महासचिवमा रमेश कुमार आचार्य, सचिवमा बखत थापा र कोषाध्यक्षमा प्रेम देवकोटा रहेका छन्। त्यसैगरी सदस्यहरूमा पिआर खनाल, अशोक बिसी र नविन कुमार बटाला निर्विरोध चयन भएका छन् ।

अध्यक्ष तुलश कुमार गुरुङको सभापतित्व र समाजका पू्र्व अध्यक्ष तथा सल्लाहकार लक्ष्मीनारायण बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा कोषाध्यक्ष विरेन्द्र बिसीले अघिल्लो कार्यसमितिको आर्थिक प्रतिवेदन पेश गरेका थिए। अधिवेशन कार्यक्रम नाङ्लो रेष्टुरेन्ट, दोङ्देमुनको सभाहलमा भएको हो।

त्यस्तै अधिवेशनमा छैठौं कार्यसमितिले हिमाली टाइम्स डटकमका कार्यकारी सम्पादक तथा सञ्चारकर्मी दिपेन्द्र हमाललाई सम्मान प्रदान गरेको छ। पत्रकारिता मार्फत सुर्खेत समाजको हरेक कार्यहरुमा साथ र सहयोग गरेको भन्दै सञ्चारकर्मी हमाललाई सम्मान प्रदान गरिएको हो। हमालका साथै समाजका सल्लाहकारहरू ललितजंग थापा, गोपाल खड्का, पदम बस्नेत, तिलक हमाल र महेश महतारा लगायतलाई समेत सम्मान प्रदान गरिएको छ।

साथै छैठौं कार्यकालका अध्यक्ष तथा अधिवेशनका सभापति तुलश कुमार गुरुङले अधिवेशन समापन गर्दै आफ्नो कार्यकालमा समाजलाई माया गरि प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सुर्खेतीहरूलाई धन्यवाद दिनुका साथै सातौं अधिबेशनबाट चयन भएको नयाँ कार्यसमितीलाई सफल कार्यकालको शुभकामना र बधाई दिए । सातौं कार्यसमितिले समाजलाई अझ उचाईमा पुर्याउनेमा आफू विश्वस्त रहेको सभापति गुरुङले बताए।

प्रकाशित मितिः शनिबार, भदौ २८, २०७६     3:00:06 PM  |

प्रतिक्रया दिनुहोस्