14 October 2019  |   सोमवार, अशोज २७, २०७६

यसकारण ०४७ सालको संविधान जिवित छ !

    | प्रकाशित मितिः सोमवार, भदौ ३०, २०७६  

राकेश कुमार शर्मा
विक्रम सम्वत २०४७ सालको संविधान जीवित छ।तर विक्रम सम्वत २०७२ साल असोज ०३ गते जारी संविधान मरिसकेको छ।२०७२ सालको संविधानले कसैको हित गर्दैन।यसकारण २०७२ सालको संविधान प्रति मेरो विरोध रहि नै रहनेछ।नेपाल सरकारले मलाई पक्राउ गर्न चाहन्छ भने पक्राउ गरोस । स्वागत छ।

नागरिकले विरोध गर्न नपाउनु पनि मानवअधिकार हनन हुन्छ भन्ने कुरा हाम्रो मुलुकको सरकारलाई थाहा हुन जरुरी छ। वास्तवमा नियम, ऐन र कानुन बमोजिम विक्रम सम्वत २०४७ सालको संविधान जीवित छ।हाम्रो मुलुकमा कानुनविद्द र बुद्धिजीवी वर्गहरु पनि ताक परे तिवारी नत्र गोतामे जस्ता अवसरवादी र स्वार्थी छन।सहि सत्य कुरालाई आत्मसात नगर्ने प्रचलन छ।

यथार्थमा भन्ने हो भने प्रधानन्यायाधीश, न्यायाधीश, कानुनविद्द र बुद्धिजीवी वर्गहरुले तत्कालीन रा ज्ञानेन्द्र वीर विक्रम शाहलाई  नारायणहिटी दरबार छोडदा खेरिको सम्पूर्ण दृश्य हेर्नुपर्ने जरुरी छ।राजा ज्ञानेन्द्र शाहले श्रीपेच, लोगो र राजदण्ड जिम्मा लगाउँदै संभालेर राख्नु भनी नारायणहिटी राजदरबार बाट गाडी चलाउँदै बाहिरिएका छ्न। तत्कालीन समयमा राजा ज्ञानेन्द्र शाहले देशमा आन्दोलन हुदैगर्दा मात्र राजगद्दी छोडनुपर्ने बाध्यकारी अवस्था आएको पनि होइन।

यद्यपि देश र जनताको निम्ति इतिहास बोकेको राजा र प्रजाविचको व्यवस्था राजतन्त्रामक शासन व्यवस्थालाई दलहरुको जिम्मा लगाउने पुर्व राजा ज्ञानेन्द्र शाह साच्चिकै एक महान व्यक्ति हुन । तत्कालीन समयमा उनले चाहेको भए मुलुकमा थुप्रै नागरिकको ज्यान जान सक्थ्यो । तर पुर्व राजा शाह जनताप्रति जिम्मेवार बने । फलस्वरूप जनताको नासो जनतालाई नै भनि मुलुकको राज्य व्यवस्था जनतालाई सुम्पिदिए ।हिजो दलहरुको लहलहैमा लागेर जनाताले शसन व्यवस्था परिवर्तन गरे । पुर्व राजा ज्ञानेन्द्र शाहले पनि शासन व्यवस्था संविधान बमोजिम नै दलहरूको जिम्मा लगायर पन्छिदिए । तर आज त्यो नै दुर्भाग्य सावित हुदैछ । हिजोका दिनमा पनि जनताले राजतन्त्र फाल्न चाहेकै थिएन्न । तर अवस्था त्यस्तै सृजना गरियो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले मैले मुलुकलाई निकास दिन सकिन त्यसकारण राजनीतिक दलका नेताहरूलाई चुनौती दिंदै विक्रम सम्वत २०४७ सालको संविधान बमोजिम नै राजगद्दी छोडेका थिए। अब सो समयमा दलहरू शीत भर गरेका सहमति र सम्झौता खोजी गरि कार्वान्वन गरिनुपर्छ ।

राजा ज्ञानेन्द्र शाहको मौनतालाई प्रधानमन्त्री, मन्त्री, सांसदहरू  र राजनीतिक दलका नेताहरू कसैले पनि कमी कमजोरी नसोचेको नै बेस हुन्छ।सिंह भनेको सिंह नै हुन्छ।सांसदहरू र राजनीतिक दलका नेताहरूको बोल्ने शैली हेर्ने हो भने निकै तल्लो स्तरको छ ।, तर पुर्वराजा ज्ञानेन्द्र शाहको बोल्ने शैली सभ्य छ।समय आउन मात्र बाँकी छ समय आएपछि सुनारको १०० लोहारको एक भने जस्तै होला। चाहे जसले जति ठुलो कुरा गरेपनि विक्रम सम्वत २०७२ साल असोज ०३ गते जारी संविधान मरीसकेको छ।विक्रम सम्वत २०४७ सालको संविधान जीवित अवस्थामा छ।

त्यसैले हिजोको दिनमा जो बाट जेजस्तो गल्ती कमजोरी भएपनि अब सच्चाउने बेला आएको छ । एकले अर्कोलाई दोषारोपण गर्ने बेला पनि होइन यो । यतिबेला मुलुकमा मौलाएको भ्रष्टतन्त्र र माफियाहरुको राजले नेपाली जनता आजित बनेका छ्न । देशभक्त स्वाभिमानी नेपाली आज पुनः राजा आउ देश बचाउ भन्दै राजाको जयजयकारमा उत्रिएका छन । राजतन्त्रका विरुद्धमा जनमानसमा गलत हल्ला फैलाउदै मुलुकको सम्पत्ति  र सत्तामाथी गिद्देनजर लगाएका दलहरुका कारण आज मुलुकको धरातल क्षतबिक्षद बनेको जनताले बुझिसके ।

पुर्व राजा ज्ञानेन्द्रले पनि विगतमा जेजति फाटो आएपनि नेपाली जनताप्रति राष्ट्रको जिम्मेवार एक अभिभावकको नाताले नेपाली जनताप्रतिको माया,सदभाव,विस्वास र भरोसालाई सधै आत्मसात गरिराखे । त्यसैको उपज आज जनता पुनः राजा आउ देश बचाउ भन्दै गुहार माग्दैछ्न । देशले राजा होइन,राजाले देश बनाएका हुन ।अहिले मुलुले फेरि राजाको साथ माग्दैछ ।

प्रकाशित मितिः सोमवार, भदौ ३०, २०७६     11:37:14 AM  |

प्रतिक्रया दिनुहोस्