26 January 2020  |   आइतवार, माघ १२, २०७६

नेपाल वायुसेवा निगममा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट

    | प्रकाशित मितिः बुधबार, अशोज १, २०७६  

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने भएको छ । बुधबारदेखि लागुहुने गरि जेष्ठ नागरिकले यो सुविधा पाउने निगमले जनाएको छ ।

तर निजी वायु यानमा पनि यो छुट गराउन प्रयास गरिए पनि अहिलेसम्म सहमतिमा आएका छैनन्। यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ज्येष्ठ नागरिकलाई आधा भाडा छुट दिने घोषणा गरेका थिए । राष्ट्रिय ध्वजावाक नेपाल वायुसेवा निगमले बुधबारदेखि यो सुबिधा  कार्यान्वयन गरेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए । उनकाअनुसार निगमको जहाजमा दसैं बुकिङ खुला भइसकेको छ ।

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जारी गरेको विज्ञप्तिअनुसार असोज १२ देखि कात्तिक १७ गतेसम्मको हवाई टिकटमा सम्बन्धित वायुसेवा कम्पनीको काउन्टरबाट खरिद गरे नेपाली यात्रुलाई १० प्रतिशत छुट दिइनेछ।

प्रकाशित मितिः बुधबार, अशोज १, २०७६     12:58:03 PM  |

प्रतिक्रया दिनुहोस्