14 October 2019  |   सोमवार, अशोज २७, २०७६

नेपालको गणतन्त्र र गन्तव्य

    | प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६  

विजय थापा
परिवर्तन सृष्टिको नियम हो । परिवर्तन बाट अछुतो केही रहदैन । परिवर्तन मात्र एउटा येस्तो चिज रहेछ जुन परिवर्तन नहुदो रहेछ (चट्टान को बारे अझ बुझ्नै छ ) । मानिस, जीव-वनस्पति  हुँदै  प्रकृति अनि राजनितीसम्म परिवर्तनले आफ्नो पक्कड र अधिपति कायम राखेको नियम सदा सर्वदा चलिआएको इतिहास र भविस्य दुबैमा निस्संदेह जो कोहीले बोले लेखे हुन्छ । मानिसले संसारमा ठुला संघर्ष गरे परिवर्तन का लागि । संघर्ष ब्यक्तिगत र राजनितिक हुने गरेको पाईन्छ ।

राजनितिक संघर्ष बापत आएको परिवर्तनले हरेक जन-जिवनमा सुधार ,सुबिधा ,न्याय ,सुख ,समृद्धि र उतकृस्टताको वाचा र लक्ष लियेको हुन्छ जुन आम मानिसको रोजांइ  ,आवश्यकता र चाहाना हो । यो मानव स्वभाव हो, संसारको हरेक देशका मानिसमा यो कुरा समान देखिन्छ । राजनीति वा व्यवस्था परिवर्तनका लागि विश्व मा धेरै ठुला संघर्ष हरु भये । धेरै देशहरु संघर्ष सफलता पस्चायत विकास र उन्नतिमा प्रवेश गरे भने धेरै देशहरु बर्वाद भये । कत्तिको अस्तित्व नै सखाप भये ।
परिवर्तनले जहिले उन्नत्ती मात्र ल्याउँछ भन्ने नहुंदो रहेछ यसले त दुर्गति पनि निम्त्याउदो रहेछ ।

नजिकमा सिक्किम एउटा उधारण हुन पुग्यो । ल्यान्डुपहरु को राजनितिक संघर्षको परिणाम सिक्किम एक स्वतन्त्र मुलुक बाट एउटा प्रान्त बन्यो । ल्यान्डुपहरुलाई त्यो बेला विश्व जितेको भ्रम भयो होला ,तर आफ्नो मौलिक परिचय,रितिथिती, स्वभिमान,आत्मसम्मान र पू्र्खा को भुमीमा आन्तरिक फिरङ्गी हरु को विजातीय चालचलनले त्यहाँका भुमिपुत्रहरुको आत्मा खुशी छैन , हुने छैनन् । परिवर्तन ल्याउने हरुको नियत र ईमान महत्त्वपूर्ण योग्यता हो नत्र संघर्ष-परिवर्तन दुख,द्वन्द्व र हिंसामै रुमल्लिने छ ।

नेपाल ,भारत, चिन, इयु र अमेरिका।
नेपाल विश्व राजनिती को केन्द्र ।
नेपालको हरेक राजनिती वा व्यवस्था परिवर्तनमा दुई विशाल छिमेकी भारत र चीन को भुमिका रहेको पाईन्छ । अझ सठिक भन्दा भारतले नेपाली राजनीति र यहाँका दल अनि दलका नेताहरु नजिक बाट नियालेको र बुझेको छ । यहाँको परिवर्तन उसको निगरानी र निर्देशनमा होस भन्ने उ चाहन्छ ।, जुन हरेक ठूला र शक्तिशाली मुलुकले साना र आर्थिक रुपले कम्जोर मुलुकहरु माथि गर्ने गरेको छ । इस्ट ईन्डिया कम्पनीले भारत छोडी गएपछि भारतले कम्पनी सरकारकै पदमार्ग पहिलाउदै कम्जोर मुलुक माथी अनेक राजनीति  दाउपेच लाउदै अझ कम्जोर पारी अदृश्य हैकम चलाउने शौख पाल्यो । फलस्वरूप उ आफ्ना निकटतम छिमेकीहरु सङ्ग समयानुसार टाडिदै गयो । येहि क्रममा चीन दिन्नानुदिन विश्वमा शक्तिशाली मुलुक हुँदै उदायो । चीन-भारत बिचको नेपाल यी दुबै मुलुकको आन्तरिक सुरक्षा का लागि महत्त्वपूर्ण भुमी रहेको र कुनै पनि स्तिथीमा नेपाली भुमी आफ्नो खिलाफ प्रयोग नहोस भन्ने विषयमा दुबै देश चनाखो र सचेत छन् । एक चीन नीति अन्तर्गत नेपाली भुमीमा चीन बिरोधि कुनै पनि गतिविधि गर्न नपाईने सम्झौता-समझदारीमा नेपाल ईमानदार रहिरवस भन्ने चीन चाहन्छ ।

विगत दशकमा भारत अमेरिकी प्रगति र राजनीति बाट निक्कै प्रभावित भएको देखिन्छ । भारत यहीँ सिको गर्दै साना मुलुकहरु माथि आफ्नो सम्प्रभुत्ता स्थापित गर्ने दौडमा नेपालको प्रयेक साना-ठुला फेरबदल आफ्नो पोल्टोमा राख्ने मनसाय बमोजिम यहाँ गतिविधि गर्ने गरेको छ । नेपालको राजसंस्था हाटाउनु र गणतन्त्र स्थापना गर्नुमा भारतिय गुप्तचर एजेन्सी “RAW” को भुमिका बारे अस्ति प्रकाशित “Inside Nepal ” नामक पुस्तकमा भुतपुर्व “र” प्रमुखले प्रमाणहरु सहित लेखेका छन् । धेरै गोप्य प्रामाणहरु मद्धे यो महत्त्वपूर्ण कुरा गणतन्त्र नेपालमा यो बेला बाहिरिनुले के सन्देश-संकेत गर्छ ?

भारत चाहनथ्यो नेपालमा ल्याईने नयाँ व्यवस्थामा उस्को पुरानो योजनाहरुले सफलता पाओस् । तर नेपालको गणतन्त्रले अर्कै बाटो समात्यो । नेपाल आफ्नो दृस्ठि र रणनीति बाट टाढा नरहेको खुलासा विभिन्न माध्यमहरुमा आउने क्रम सङ्गै यो “Inside Nepal” पनि एक कडि हो । भारत शक्तिशाली छ् र छिमेकी रास्ट्रहरुमा उस्को भुमिका र योगदान बारम्बार रहेको यो पुस्तक मार्फत संदेश दिन चाहन्छ । अरु छिमेकी देशहरू भन्दा नेपाल भारतिय दृस्ठिकोण बाट निकट र महत्वोपुर्ण रहेको छ ।
मोदि को उदय सङ्गै “हिन्दुतव” ले विस्वब्यापि प्रचार-पहिचानको रफ्तार पाईरहेको समयमा निकटतम र हिजो विश्व मा एक मात्र “हिन्दुरास्ट्र नेपाल ” धर्मनिरपेक्ष भयेकोमा मोदि-भारत असन्तुष्ट र लज्जावोध गरिरहेको छ ।

२१औं शताब्दीमा united nations सदस्य र स्वतन्त्र देशहरु कुनै पनि स्थितिमा अर्को देशले आफुमा गाभ्ने वा नियन्त्रणमा लिन सम्भब नरहेको भारतले राम्ररी बुझेको छ । येहि कारण उस्ले नंया परिवर्तन (गणतन्त्र ) मार्फत नेपाल असफल पार्दै ,घुंडा  टेकाई आफ्नो शरण मा आवोस भन्ने रणनीतिक चाल चलेको थियो ।,तर नयाँ नेपालमा इयु र अमेरिका हावी हुँदा राजनीति उस्को कल्पना-योजना -सोच र इच्छा बिपरित हुन पुग्यो। CK Raut हरुको उदयले भारत अझ झस्कियो । तिब्बत लाई स्मरण गर्दै ,नेपाली भुमि भोलि भारत विरुद्ध पनि चल्खेल हुन सक्ने खतरा भारतले देख्यो ।

नेपाली राजनीतिक दल र नेताहरु कुनै पनि रास्ट्र र स्वयं नेपाल प्रति नै इमानदार नरहेको भारतले ऐले स्पष्ट बुझेको छ ।भारत नेपाललाई पुनः हिन्दुरास्ट्र बनाउन धेरै कोणहरु बाट अध्यन र प्रयास गरिरहेको छ र हिन्दु सम्राट ज्ञानेन्द्र सङ्ग बारम्बार  भारत अनुकुल परिवर्तनमा राजा लाई साथ-सहयोग गर्ने प्रतिबद्धता जिकिर गरिरहेको छ । भारत चाहन्छ, अब हुने परिवर्तनमा उस्को पुरानो स्वार्थ  (नेपालको पररास्ट्र ,गृह र रक्षा नीतिमा भारतले चाहे बमोजिमका बुंदाहरु) समाबेश गरियोस । यो प्रयास धेरै अगि जवरलाल नेहरु हरु देखि आज सम्म भैरहेको छ ।,तर अब नेपाल भारतिय राजनीति लगाम बाट निक्कै पर पुगेको भारतले गहिराई मा बुझेको छ । यो बुझ्दा बुझ्दै पनि अन्तिम पटक राजा सङ्ग bargaining गरिरहेको छ ।

Inside Nepal मार्फत नेपालमा कोही र कुनै पनि व्यवस्था भारतको इच्छा बिपरित सुरक्षीत नहुने soft threat दर्शाउन पनि खोजिएको हो । भर्खरै नवनियुक्त “र” प्रमुख गोयलको पहिलो विदेश भ्रमणमा नेपाल पर्नु,यहाँका ठुला नेताहरु भेट्नु र त्यसपछि उपप्रधान तथा रक्षा मन्त्री पोख्रेल नागर्जुन दरबार जानुले भारत नेपाली राजनीतिमा  Kingmaker हो भन्ने मनोबैज्ञानिक सन्देश प्रवाह गरेको छ ।

चिन ,Indo Pacific Strategy र नेपाल
United States Secretary of state  Mike Pompeo ले नेपाल Indo Pacific Strategy मा समाबेश भयेको आधिकारिक वक्तव्य दिएका छन् ।, तर नेपाल सरकार र रक्षा मन्त्री प्रदिप ज्ञवलीले यो विषयमा “हो वा हैन ” भन्ने कुनै आधिकारिक बिग्यप्ती सर्बजनिक गरेका छैनन् । चीन पश्चिमा शक्तिहरु सङ्ग हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने एक शक्तिशाली एशियाली देश मद्धे प्रथम बन्दै गयेकोमा उसलाई रोक्न इयु-अमेरिका धेरै चलखेल गरिरहेका छन् । Indo Pacific Strategy चीन घेर्ने रणनीति को बलियो र नयाँ शृङ्खला बनेको छ । नेपाल चीन बिरोधि समुहमा सामेल हुनु चीन का निमित्त चिन्ता र चासोको बिसय बनेको छ । हालै चीनियां विदेश मन्त्रीको भ्रमणले चीनको चासो र दृस्टी बाट नेपाल टाडा छैन भन्ने संकेत गरेको छ ।

पश्चिमा शक्तिहरुले विभिन्न शिर्षकमा नेपाललाई सहयोग गर्ने बहानामा मुल उद्देश्य नेपाली भुमी चीन बिरुद्ध प्रयोग गर्ने हो भन्ने कुरो बुझ्न् चीनलाई गारो नभयेको र गणतन्त्र नेपालले पुरानो मित्ररास्ट्र चीन सङ्गको सम्बन्ध जटिल र चिसो बनायेको निस्कर्श निकाल्दै चिनियाँ विदेश मन्त्री अनौपचारिक रुपमा नारायनहिटी दरबार अवलोकन गर्न पुगे । चीन हाल नेपालको व्यवस्था र यस्को संचालनले खुसी र विस्वस्त नरहेको यो भ्रमणले अदृश्य र मनोबैज्ञानिक संकेत गरेको छ ।

चीन नेपालमा पुनः राज संस्था स्थापित गराउन सहयोगी
बन्न चाहन्छ ,यो तिनै मुलुकहरु (भारत , चीन र नेपाल ) को हितमा रहने उस्को बुझाई हो । तर राज संस्थाको पक्षमा भारत पहिला अग्रसर नभई उस्ले कुनै पनि भुमिका नखेल्ने अडान राखेको छ ।

इयु-अमेरिका ,नेपालको गणतन्त्र  र भविस्य ।
हालै हङकङमा भइरहेको चीन बिरोधि आन्दोलन Western  fund & Orientation को नतिजा । नेपालका गौरवशाली र स्थाई संस्था (राज संस्था र सेना ) विस्थापित र कम्जोर नबनाई विश्व मा एकलौटी-एकछ्त्र शासन गर्ने पश्चिमा योजना/रणनीति पूरा नहुने निचोड निकाल्दै indo-us joint venture मा नेपाललाई “गणतन्त्र ” उपहार प्राप्त भयो ।

इयु ले गणतन्त्र नेपालमा हजारौं चर्च निर्माण गर्दै धार्मिक द्वन्द सृजना गरि समाज विखण्डन गर्न विभिन्न NGO-INGO मा प्रसस्तै लगानी गरेको छ । यस्को ठूलो प्रमाण  UPF को  Holy Wine सम्मेलन  बन्न पुगो । नेपाललाई निकट भविस्यमा इसाई रास्ट्र घोषण गर्ने योजना अनुरुप एकनाथहरु समाज देखि सदन सम्म सक्रिय-प्रायोजित छन् । बाबुराम-प्रचण्ड हरुले EU funded mission मा इसाईकरण गर्ने जिम्मा लिदै करोडौं रकम लियेको र कुनै पनि हालतमा नेपाल पुनः पुरानै व्यवस्थामा फर्किए  नेपाल र दुनियाँ को कुनै पनि ठाउँमा उनिहरु सुरक्षीत नरहने पीडा – छट्पटी ले राजा बिरुद्ध बेमौसमी गालीगलोच गर्दै छन् ।बाबुराम-प्रचण्ड-विप्लव यो समयमा हेर्दा अलग-फरक देखिये पनि जरा-उद्देश्य एकै हो । Divide & Rule को सिधाान्त यहाँ पनि लागू छ ।

सरकारको गतिविधि Monitoring गर्दै प्रचण्ड ।
बन्दुकले शासन-सत्ता परिवर्तन गर्न विप्लव ।
धर्मको अपव्याख्या गर्दै समाज विखण्डन गर्न बाबुराम ।
EU-American Design मा चीन पहिलो र एक मात्र दुश्मन-प्रतिद्वन्दी देखिन्छ तर समस्त पश्चिमको लक्ष पुर्वीय सभ्यता मास्दै संसारमा New World Order (NWO) लाद्नु हो । One World,One Religion, One Currency (NWO ) को एक मात्र उद्देश्य । सुरुमा गरिब मुलुकहरुलाई शैक्षिक-आर्थिक सहयोग गर्दै  त्यहाँका सरकारी संयन्त्रहरु माथी पुर्ण नियन्त्रण गरि इसाईकरण गर्नका लागि पश्चिमा अतिवादी शक्तिहरुले विस्वब्यापी लगानी गरेका छन् । NWO अदृश्य तर तिब्रताका साथ अधि बडिरहेको छ ।

नेपालको गणतन्त्र र गन्तव्य
पश्चिमाहरुको उपहार भारतिय स्वीकृतिमा नेपाल छिरेको ‘नेपालको गणतन्त्र’ स्थाई हुँदा पुग्ने असर र प्रभाव भारत स्वयंको सुरक्षा-हितमा नहुने र आफ्नै अनेकन आन्तरिक-छिमेकी  समस्याहरु सङ्ग जुझि रहेको बेला भोलि नेपाली भुमीबाट भारत बिरोधी गतिविधि हुन सक्ने सम्भावना प्रती ऐले सजक देखिएको छ । नेपाली गणतन्त्र को लगाम पुर्ण पश्चिमाहरुको नियन्त्रणमा रहनु भारतलाई धोका र असफलता हो । नेपालको भौगोलिक बनावट ,इतिहास र शासन विधी-पद्धतिमा गणतन्त्र असुहाउँदो रहेको निष्कर्ष भारत-चीन ले निकालेका छन् । नेपालमा राज संस्था एक मात्र सर्वहित व्यवस्था बुझेको भारत नेपालमा course correction को बेला सङ्गै कमल थापा हरु बाट अदृश्य चालहरु चालिरहेको छ ।

भ्रस्टाचार बिरोधि अभियान,अभियन्ता र CIA का नयाँ अनुहार

१४ बर्ष अमेरिका बसोबास गरि नेपाल फर्किएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समय क्रममा एका एक लोकप्रिय बन्दै गए । पछिल्लो समय उनी माथि “आत्महत्या दुरुत्साहन ” को मुद्धा लाग्न पुग्यो । पक्राउ पनि परे । जनताले निर्दोष लाई फसाउँने षड्यन्त्र भयेको भनी कडा बिरोध-प्रदर्सन गरे । ६२-६३ सालमा भएको जनआन्दोलनको झझल्को दिने रबि समर्थकका भिडले सरकारी आदेशलाई चुनौती दिंदै निर्णय आफ्नो पक्षमा पारी रबि शसर्त रिहा हुनु पुगे। रबि लामिछाने प्रकरण मा धेरै किसिमका कृया-प्रतिक्रिया विभिन्न मानिसहरुले प्रकट गरे । उनलाई भावी प्रधानमन्त्री को संज्ञा पनि दिये मानिसहरुले । उनि राजनीतिमा प्रवेश नगर्ने जिकिर गर्दा गर्दै पनि उनी बिरुद्ध लागेका पत्रकार खेम भंडारिले उनलाई चुनौती दिंदै पश्चिमाञ्चलको कुनै पनि क्षत्रमा रबिलाई हरायेर देखाईदिने भनी बारम्बार provoke गरिरहे । मेरो बुझाईमा script/plot तयार भैसकेको छ । रबि आगामी चुनावमा उत्रिने छन् । रबि को सम्भावित पार्टी प्रवेश रबिन्द्र मिश्र को ‘साझा विवेकशिल’ मा हुने छ ।

प्रत्यक्ष निर्वाचित रास्ट्रपति को माग नै रबि र रबिंद्र हरु को मुल एजेन्डा हुने छ ।Western Powers हरुले नेपालमा गणतन्त्र स्थापनार्थ गरेको डलर-युरो लागानी कुनै पनि हालतमा खेर जान नदिने सिलसिला को अन्तिम हत्कन्डाका धेरै रुप मद्धे रबि ,रबिंन्द्र हरु नयाँ पात्र हुन् ।पश्चिमाको स्वभाव हामी पुर्वीया हरु भन्दा अलग छ । उनिहरु थाक्दैनन/हार्दैनन । आफ्नो काम र लक्ष कुनै न कुनै रुपमा सफल परेरै छाड्ने हुन्छन् ।

नेपालका लागि नेपाली ,ज्ञानेन्द्र शाही र RAW
सुरुवाती दौरमा सभ्य र शालीन तरिका अप्नाउँदै सामाजिक संजालमा भ्रस्टाचार बिरोधि अभिव्यक्ति/अभियान चलाउने ज्ञानेन्द्र शाही हाल उछृङ्खल ,असभ्य र अमर्यादित प्रस्तुति दिरहेका छन् । समयक्रममा नेपालका लागि नेपाली अभियानले नेपालको शासकिय स्वरुप बारे उनिहरु Permanent Institution को पक्षमा रहेको वाकलत गरेका छन् । यो भन्दा पहिला “ज्ञानेन्द्र शाह र पारस शाह” लाई राजा बनाउँन नसकिने तर हृदेन्द्र शाहको बारे उनिहरु विचार्धिन रहेको धारणा एक अभियानता डा.सुरेन्द्र भन्डारीले व्यक्त गरे  । पछिल्लो पटक ज्ञानेन्द्र शाहीहरुको राजा सङ्गको भेट र हालै निरन्तर हुँदै गरेको अभियानहरु र ज्ञानेन्द्र शाही को भारत अध्यन ले उनी भारत निकट रहेको बुझिन्छ ।

भारतिय नवनिउक्त  ” र” प्रमुख नेपाल भ्रमण गर्दा राजा ज्ञानेन्द्र सङ्ग भेट भयेको हल्ला चलेपनी त्यो सत्य नभयेको पुष्ठि भएको छ । “र” का एजेन्डा-पात्रहरु समयक्रममा खुल्दै जाने छन् । CIA निकट रबि हरुले पहिलो चरणको अभ्यास सफलता पुर्वक सम्पन्न गर्दै दोस्रो परीक्षण (आम चुनाव ) को तयारी गरिरहेका छन् । येहि क्रमलाई निरंतरता दिंदै “र” ले पनि आफ्नो दरिलो उपस्तिथि/पक्कड बनाउँदै धेरै गतिविधि संचालन गर्दै छ , गरिरहने छ ।

नेपालमा  Raw र CIA का एजेन्ट
नेपालको हरेक क्रान्ति र परिवर्तनमा साथ-सहयोग गर्ने भारतको मुल स्वार्थ-उद्देश्य नेपाल र नेपाली बाट फाईदा लिनेनै हो । यहाँको जल,जमिन, जंगल,खनिज र जवान माथी उस्को हालीमुहाली गर्ने नीति भारतले धेरै अधि बाट भोलि भविस्य सम्म जारी राख्ने छ । भारतिय “र” नेपाललाई जुनै व्यवस्थामा होस  “भुटान” बनाउँन चाहन्छ । गणतन्त्र नेपाल मा CK Raut हरुको उदय र पश्चिमा शक्तिहरु हावी हुँदा  भारत सजग बन्दै फेरि पुरानै व्यवस्था राजतन्त्र  पुनर्स्थापना गर्ने रणनीतिमा पुगेको छ । भुटानी मोडलको राजतन्त्र व्यवस्था नेपालमा बनाउने भारतको चाहना रहेको छ । CIA नेपाललाई चीन बिरुद्ध उस्को Lunching Pad बनाउँन लगानी गरिरहेको छ ।

ज्ञानेन्द्र शाही,डा.सुरेन्द्र भन्डारी,बालकृष्ण न्यौपाने ,दिपेन्द्र कंडेल ,रबि लामिछाने,रबिन्द्र मिश्र ,सि.के. राउत हरु नयाँ अनुहार हुन । यी उल्लेख गरिएका नामहरु भारत र पश्चिम् बाट नेपाली राजनीतिमा प्रायोजित पात्र हुन् ।

नेपालमा स्थापित पुराना पार्टीहरुबाट आफ्नो काम भने बमोजिम सम्पन्न हुन नसक्दा विदेशी शक्तिहरुले नेपालमा मौलिक व्यवस्था र शासन फर्की आउने खतरा देखे पस्चायत नयाँ अनुहार जुराईदिएका छन् । यो षड्यन्त्र पुराना पार्टीहरु राम्ररी बुझेका छन् । वाम सरकारको यी विभिन्न अभियान-अभियन्ता हरु माथी कडा प्रस्तुती मात्र ‘ विदेशी ठेक्का ‘ आफ्नो बिपरित नजावोस भन्ने हो । प्रतिपक्षी कांग्रेस यो कोलाहलमा पनि चुप बस्नुले यो कुरा अझ दरिलो रुपमा पुष्ठि भएको छ ।

निस्कर्शमा यो मुलुक राजा महेन्द्र को बाटो बिराउँदै ठुला शक्ति केन्द्रहरुको दलाली गर्दै आफ्नो मौलिक पहिचान ,अस्तित्व ,स्वभिमान,संस्कार र गौरव मेट्दै एक दिन अरुमा बिलिन हुने देखियो !

सत्ताका प्रचण्ड र जंगलमा विप्लव
सम्भवत नेपालमा प्रचण्ड गिरिजा प्रसाद कोइराला पछिका एक मात्र चतुर नेता हुन् । प्रचण्डहरु शान्ति प्रक्रियामा सामेल भये लग्त्तै पार्टीको निर्णय प्रती आपत्ति र असन्तुष्टि जनाउँदै तत्कालीन माओवादीका एक समुह “विप्लव ” क्रान्ति पूरा नभएको ,कार्यकताहरुलाई धोका दियेको, प्रचण्डहरुले आत्मसमर्पण गरेको भन्दै भुमिगत बस्ने निधो गर्न पुगे । विप्लवहरु कै सिलसिला लाई निरंतरता दिंदै अनेक बहाना देखाई माओवादी युद्धका दोस्रो प्रमुख नेता डा. बाबुराम भट्टराई आफ्नै नयाँ पार्टी खोल्न पुगे ।

भारतको निर्देशन र सहयोग मा १२ बर्ष ससस्त्र बिद्रोह गरि भारत अनुकुल संविधान बनाउने बाचा गर्दै मुलधार राजनीतिमा प्रवेश गरेका प्रचण्ड हाल पश्चिमा कित्ता मा उभिंदा भारतलाई छट्पटी भयेको छ । हेर्दा अलग देखिए /देखिन खोजे पनि विप्लव ,प्रचण्ड र बाबुराम आपसी सरसल्लाह-सहमतिमा Western Powers को आदेश अनुसार राज्य सत्ता कब्जा गर्ने योजना पालन गरिरहेका छन् । सहि अर्थमा भन्दा विप्लवहरु प्रचण्डहरुका Shadow Army हुन् ।

राजा ,जनता र सेना
मुलुक निर्माता पृथ्वीनारायण शाह का संतती र स्वभिमानी वीर देशभक्त नेपाली देशको यो जर्जर अवस्था हेरिनबस्ने अवस्थामा एक दिन पुग्नेछन् भन्ने विदेशी शक्तिहरुको दुरदृस्ठि अनुसार मौलिक-स्वभिमानी आन्दोलन र परिवर्तन ओझेल पार्दै रोकछेक गर्न नयाँ अनुहार र एजेन्डाहरु नेपालमा छरपस्ट पारियेका छन्।

राज्य व्यवस्था,सुशासन ,रोजगार ,शुन्य भ्रष्टाचार र लोकहितका विविध योजना देखाउंदै देशभक्त नेपालीहरु लाई फेरि पनि मौलिक व्यवस्था , यो माटो सुहाउँदो प्रणाली बाट विमुख पार्न तिनै विदेशी शक्तिहरुको चलखेल-छ्लकप्ट र निर्देशन अभियान-अभियान्ता हरु को ठेक्कामा परेको छ ।

यदाकदा ‘राजावादी ‘ भएजस्तो भ्रामक वक्तव्य र गतिविधि गर्नेहरु प्रत्यक्ष निर्वाचित रास्ट्रपति ,Permanent Institution   हुँदै ऐले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र हिजो मात्रै ज्ञानेन्द्र शाहीहरुले “सांचैको गणतन्त्र ” चाहेको कुरा अन्लाईन मिडियाहरु मा सुन्न-हेर्न पाइयो । नेपालको सामाजिक सद्भाव बिगार्दै इसाई मुलुक बनाउंने र सुरुमा चीन र पछि भारत टुक्राउंने गुरुयोजनामा पश्चिमा लगानी नयाँ अनुहारहरु मार्फत “राजतन्त्र ” नफर्कियोस भनी पैरवी गराई रहने छ ।विप्लवको पनि मुल उद्देश्य पश्चिमा गणतन्त्र को पैरवी गर्ने नै हो । नेपाली सेनालाई जोख्न र आफ्नो अधिनमा आये नआयेको बुझ्न प्रचण्ड बेला बखत सेना लाई विवादमा तान्ने प्रयास गरिरहन्छन । नेपाली सेनाको ‘त्रिशूल डम्मरु’ चिन्ह फेर्नु पर्ने प्रस्ताव भर्खरै प्रचण्डले राखे ।

यदि भोलि नेपाली सेनाले Military Coup गर्यो भने हतियार सहित सो कदमको प्रतिकारमा विप्लवहरु उत्रिने छन् । सम्पुर्ण समस्याहरु को एक मात्र अचुक औसधि भनिएको  “गणतन्त्र ” ले हतियारधारी विप्लवहारु लाई सम्बोधन नगर्नुले विप्लव राज्य बाट संचालित  हुन् भन्ने रहस्य  थप मज्बुत बनाउंछ। यही प्रायोजनका लागि विप्लव लाई शान्ति वार्तामा बोलाइंदैन । हेर्दा  भुमिगत तर खुल्ला जस्तै तरिकाले विप्लवका गतिविधि र उपस्तिथि रहेको छ ।गणतन्त्रको बिरोध र राजतन्त्र को समर्थन गर्दै आन्दोलन मा उत्रिने देशभक्त नेपालीहरुले हिजो प्रचण्डहरुको जनआन्दोलन भन्दा बड्ता क्षति बेहोर्नु पर्ने छ ।

नेपाली मानवअधिकारवादी हरुको भुमिका पनि पश्चिमा डिजाइनको गणतन्त्रको पैरवी गर्नु हो । पछिल्लो पटक कृष्ण पाहाडीले राजा माथि लायेका आरोपहरु पश्चिम् निर्देशित थियो ।यी सम्पुर्ण चलखेल बुझेका राजा सहि समय को प्रतीक्षामा छन् । मेरो बिचारमा सेनाले अब कुनै देर-अबेर नगरी “सैनिक कु” गर्दै राजालाई राज्य व्यवस्थाको प्रमुख बनाउने दिन आइसकेको छ । देशभक्त नेपालीहरु सो कदमको स्वागत गर्ने छन् भने विदेशी गणतन्त्रका पहरेदारहरु बिरोधमा सडक देखि अस्त्र सम्म प्रयोग गर्ने छन् । यो आरपारको स्तिथी नआएसम्म
देश स्वतन्त्र र सुरक्षीत नरहने प्रष्ट छ । राजाले “कमल थापा” प्रवृत्तिहरु पहिचान गरि राज्य संयन्त्रमा निषेध गर्दै अगि बडदा अबरोध कतै नहुने बुझिन्छ ।

(लेखक आजभन्दा १३ बर्ष अगि झापाको सदरमुकाम चन्द्रगडिमा राजतन्त्रबिरुद्ध ढुंगा हान्ने मद्धेका एक हुन् )

प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६     6:19:36 AM  |

प्रतिक्रया दिनुहोस्