14 October 2019  |   सोमवार, अशोज २७, २०७६

मुलुकलाई धर्मबिहिन बनाएको त्यो दिन – मनोज पराजुली

    | प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६  

मनोज पराजुली

“ॐ” ब्रम्हाण्डको ध्वनी हो। हिन्दू धर्म र संस्कार विश्वकै उत्कृष्ट धर्म (Religion) हो।”संस्कृत ” (संस्कृतम Vedic Sanskrit) भाषाको जननी हो। विश्वको एक मात्र हिन्दू राष्ट्र नेपाल (नेपाल अधिराज्य) हो। हामी हिमवत खण्डका बासी हौ, ऋषिमुनी, बेद र पुराणको उद्गमस्थलका बासी हौ। सनातनी धर्मका अनुयायी हौ किनकी हामीलाई को ठुलो र को सानो भनेर हाम्रो शास्त्रले सिकाएन । हाम्रो पुराणले देखाएन र सांसारिक युगका सबै सत्य, द्वापर, त्रेता र कलीमा समेत हामी सत्य, धर्म र आस्थामा बाचेका प्राणी हौ। सामाजिक सद्भाव र भाईचारा मात्रै हाम्रो हरेक कालखण्डमा देखिएका चरित्र हुन्।

पापको हार हुन्छ र सत्यको जीत हुन्छ भन्ने आख्यान र प्रमाण छन। पाप र पापिष्टलाई संघार गर्न भगवान कुनै न कुनै रुपमा आउछन भन्ने विश्वाश र भरोशा छन। हाम्रो धर्मको यो भन्दा “सत्य” अरु केही छैन। त्यसैले,हिन्दू धर्म र संस्कार विश्वकै उत्कृष्ट धर्म (Religion) हो।

हाम्रो “बेद” ले आजको “आधुनिक युगको निंब राखेको हो र आजको अत्याधुनिक युगका हरेक आविष्कार “बेद” र पुराणमा आधारित (Based on) छ। यसलाई उचाइमा पुर्याउन बेद बाहेक अरु कसैको हैसियत नै थिएन भन्ने कुरोको प्रमाण आजका बैज्ञानीक देखी डक्टर, इन्जिनियर देखि अत्याधुनिक हात-हतियार समेतले दिइसकेको तथ्यलाई कसैले पनि नकार्न सक्दैन। ,र यदी पश्चिमा सभ्यताको नै कुरो गर्ने हो भने, आज उनिहरुले समेत इमान्दारिताका साथ र गर्ब ले यो कुरो स्विकार गरी सकेका छन।

विकासित राष्ट्रहरुले कुनै पनि अन्तरिक्ष यान होस् या मिसाईल, प्रक्षेपण (Launch) गर्दा होस या निर्माणको सुरुवातमा होस्, हाम्रो गायत्री मन्त्र (ॐ भुर्भुवश्व….) उच्चारण गर्नु अर्को ठुलो प्रमाण हो। विकशित राष्ट्रहरुले आज “संस्कृत” बिषय अनिवार्य गर्नु अर्को जीउदो प्रमाण होकि हाम्रो धर्म, संस्कार र हाम्रो बेद, पुराण, गीता, इत्यादी कती अटल र अजर हुन भन्ने कुरो।

यहाँ मैले विकसित राष्ट्र भनेर जोड्नु पर्ने कुरो भनेको हामीलाई हाम्रो आफ्नो मुल्य र मान्यताको बोध न भएका तर विकसित राष्ट्र र उनिहरुको संस्कृतीलाई आफ्नो आदर्श मान्ने नव विकसित, नव धनाढ्य र नव बौद्धिक बर्गको अलिकती भए पनि आँखा खुल्छ कि भनेर मात्रै हो। अन्यथा हाम्रो धर्म र संस्कृती अनी संस्कार, विश्वको कुनै अरु संस्कृती संग तुलना समेत गर्ने हैसियतको होइन भनेर दर्शाउन खोजेको मात्रै हो।

सुर्य, चन्द्रमा र ताराहरुले मानवजातीको ग्रहको स्थिती, या दशा (Horoscope) निर्धारण गर्छ भन्ने कुरो हाम्रो ज्योतिष बिद्याले प्रमाणित गरिसकेको छ। यसको सुधार र निवारण पनि हुन्छ या गर्छ भन्ने प्रमाण मानवजातीले विभिन्न प्रकारका धातु र मणीको धारण गर्नु ले प्रस्ट छ । चाहे ति कुनै पनि जाती या धर्म या लिङ्गका हुन । त्यो सबै हाम्रो ज्योतिष बिद्याको देन हो।

हामी संग तेत्तीस कोटी देवी देवता छन । चार बेद छन, पुराण छन । चण्डी, रुद्री, छन । भगवानका अनेक रुप छन। पुरुष छन, नारी छन, बालक छन, बृद्द छन, किचकन्या छन भने विश्वकर्मा पनि छन। दानव-दैत्य पनि छन। दुर्गा र काली छन भने लक्ष्मी र सरस्वती पनि छन। ब्रम्हा, बिष्णु र महेश्वर पनि छन। तीन त्रिलोक र चौध भुवन छन। कण-कणमा भगवान छन, ब्रिक्षमा छन भने बायु मा पनि छन। जल मा छन भने अग्नी मा पनि छन।

हामी भगवानलाई हरेक रुपमा पूजा गर्छौ, विश्वाश गर्छौ। हाम्रो लागि कुनै अमुक ब्यक्ती मात्रै भगवान हो भन्ने दम्भ छैन किनकी भगवान यो ब्रम्हाण्डमा हरेकमा छन भन्ने विश्वाश हामी सनातनीमा छ्। कुनै अमुक धर्म या उसका अनुयायी मात्रै भगवान हुन, बाँकी अगतिलो हो, अस्तित्व बिहिन हो भन्ने क्रुर र सस्तो मानसिक्ता हाम्रो धर्म संस्कारमा छैन। कुनै पनि धर्म, जात, जाती या पशु-पंक्षीलाई समेत अहित गर्ने, कुभलो चिताउने या हेला गर्ने हाम्रो धर्म संस्क्रितीमा कतै लेखिएको छैन।

हाम्रो, हिन्दू धर्मको संस्कार, संस्कृति र रिती रिवाजले हाम्रो दैनिकीमा, मानवतामा र हाम्रो समृद्धि (Prosperoty) निर्धारण र अनुगमन तथा दिशा निर्देश गरेको कुरोलाई आज पश्चिमा सभ्यताले समेत स्विकार गरिसकेको छ। हिन्दू धर्म मात्रै यो संसारको सृष्टीको आधार हो भन्ने कुरो विश्वले मानेको छ ।

१) विश्वको एक मात्र हिन्दू राष्ट्र नेपाललाई मास्न पतित काम गर्ने अधिकार नेपालका नेताहरुलाई कसले दियो?

२) सत्ता र शक्तिको आडमा, परीमार्जनको नाममा हाम्रो संस्कार मास्ने अधिकार नेपालका नेताहरुलाई, सभ्रान्त र सम्पन्न अनी बौद्धीक भनाउदा भडुवाहरुलाई कसले दियो?

३) परापुर्बकाल देखी आफ्नो धर्म र संस्कृतिलाई संगालेर पुस्तौ देखि चलीआएको परम्परालाई तोडेर विदेशी धर्म र संस्कृतिलाई भित्र्याउने अधिकार नेपालका नेतालाई कसले दियो?

४) धर्म परिवर्तन गराउने NGO/INGO लाई प्रसय दिने अधिकार नेतालाई कसले दियो?

५) सिङ्गो नेपाललाई संघीयताको नाममा टुक्रा-टुक्रा पार्ने अधिकार नेपालका नेतालाई कसले दियो?

६) धर्म निरिपेक्षको नाममा नेपालीलाई जात-जाती र धर्ममा बिभाजित पार्ने अधिकार नेपालका नेतालाई कसले दियो?

सिमित व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थको लागि हाम्रो धर्म र देशको अखण्डता, हाम्रो आस्था, भरोशा, विश्वाश, संस्कार, संस्कृती, भाषा, भेष, मास्ने अधिकार कुनै पनि पाखण्डीलाई छैन। हामी बसुदैभ कुटुम्बकम मा विश्वाश राख्ने शान्ती प्रिय सामाजिक प्राणी हौ । जातजाती र धर्ममा विभाजन गर्ने निष्क्रिठ र घटिया मानसिक्ता हाम्रो धर्ममा छैन।

हो यही फरक छ । सिमित स्वार्थमा विदेशी धर्म र संस्कृति अङाल्ने पाखण्डी र एउटा सच्चा हिन्दूमा । मानवतालाई समेत धर्म र संस्कार संङ्ग जोडेर छाक टार्न पल्केका धर्म बेचुवा ठेकेदारहरुमा र एउटा सच्चा हिन्दूमा। हेक्का रहोस्, हामी पाप र धर्ममा विश्वाश गर्ने मान्छे हौ । नेता चाहे कुनै पनि धर्मको किन न होस्, धर्मको ठेकेदार कुनै पनि हैसियत र स्थितिको किन नहोस् । अब हाम्रो धर्म, सस्कृति र देशको अखण्डता माथि खेल्ने कोशीष नहोस । ,होइन भने शास्त्र बोक्ने यि हातले अस्त्र बोकेर निस्किन कत्ति पनि लाग्ने छैन। किनकी अब हामीले बुझीसक्यौ यस्ता धर्मका ठेकेदारहरुको उपाय भनेको तर्क होइन, शास्त्र पनि होइन अपितु “शस्त्र” हो, अस्त्र हो, समय आएपछि सबै देखिने पनि छ ।

राष्ट्रिय मुद्दा र धर्म-संस्कारलाई मागी खाने भाँडो बनाउने विदेशीका दलाल(नेता)लाई बहिष्कार गर्न नसक्नेहरु जडौरे कार्यकर्ता, आफुलाई अभियानता भन्ने छाक टरुवाहरु पनि राष्ट्रबादी हुनै सक्दैनन्। आज हरेक दलका हरेक नेता, धर्मको नाम भजाएर खाने धार्मिक गुरु, पत्रकार, बौद्धिक बर्ग, अधिकारबादी, न्यायाधिस, कानूनबिद, प्राय: सबै बिकी सकेका छन। कता, कसरी र कस्को ईशारामा नाच्छन भन्ने यथार्थ कसैबाट लुकेको छैन। त्यसैले अबको उपाय आमुल परिवर्तनको लागि “क्रान्ति” मात्रै हो। देशद्रोही र धर्मका व्यापारीहरुलाई सिद्ध्याउनेकन्या (Eliminate) गर्नु मात्रै यो देश, धर्म र संस्कार अनी संस्कृती बचाउने एक मात्र उपाय हो। भ्रष्टाचार र दुराचारले सीमा नागी सक्यो । अब यसको अन्त्य हुन जरुरी छ। संघीयता चाहिन्दैन, धर्म र संस्कार बेच्न पाइन्दैन । तर यहाँ ८० प्रतिशत बढी हिन्दुहरुको अबमुल्यन गरिएको छ ।

एउटा भु-परिवेष्ठित राष्ट्र जसलाई हरेक कुरोमा छिमेकी देशको साहारा चाहिन्छ । उसले छिमेकी सङ्गको सम्बन्धलाई सुधार्ने हो भने एउटा सिङ्गो राष्ट्र,कुन भारतको एउटा प्रान्त भन्दा पनि सानो छ । जसलाई चलाउनलाई सामान्य मेकानिज्मले सायदै पुग्छ, खाली चलाउने तरिका, बुद्धि र विवेक भए पुग्छ ।

हाम्रो नेपालमा गलत राजनैतिक संस्कृतिको विकास २०४६ सालको परिवर्तन पछि नराम्रो सङ्ग बढ्यो । राजनीतिककर्मिहरु व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न सकेनन्। जसले देशको शासन पद्धति, प्रणाली र शासकलाई समेत निरीह र जिम्मेवार विहिन बनायो । युवा जनशक्ति विदेश पलायन हुनु र निर्यात ठप्प हुनुले देशमा वेरोजगारी, गरिबी र अशिक्षाले जरो गाडेको प्रष्ट भयो, अनि विदेशी शक्तिले आफ्नो स्वार्थ पूरा गर्न हाम्रो देशको श्रोत र साधन कब्जा गर्ने सहजै मौका पाए । धर्म परिवर्तन र जातियता ले प्रशय पायो ।

यो सबैको एक मात्र जिम्मेदार भनेका नेपालका राजनैतिककर्मी मात्रै हुन। यो बाहेक अरु कोहि होइन । उनिहरुको अदुर्दर्शिता, परिवारवाद, सत्ता लिप्सा र भ्रष्टाचार र सत्ता र शक्तिको आडमा देशमा अपराधिक गतिबिधीको हाली मुहाली बढ्यो जसले आज हामिलाई कमजोर मात्रै होइन अधिकार विहिन, शिक्षा विहिन, चेतना विहिन, अवसर र विकाश विहिन बनाई दियो ।

तर अझैसम्म पनि हामी हिजोको सार्बभौम फर्काउन सक्छौ किनकी राजसंस्था अझै छ । यसलाई पुनः सम्पुर्ण नेपाली देशभक्त दाजुभाइ मिलेर पुनः स्थापित गर्न जरुरी छ् । जसले जसरी परिभाषा गरे पनि हिजो भन्दा आज नेपाल र समग्र नेपालीको अधिकार गुमेको छ । देशको पहिचान गुमेको छ, नेपाली अस्मिता लुटिएको छ अनि धर्म विहिन मुलुक बनेको छ । तर अझैपनि राजसस्था ल्याउन सकिन्छ, फर्काउन किनकी भारत र चीन समेत नेपालको स्थायित्व चाहान्छ ।

नेपालीको र नेपालको अस्तित्व जोगाउने हो, भने नेपाल अधिराज्य कायम गराउने एउटा इमानदार नेपालीको कर्तब्य हो। जडौरीमा पाको परिवर्तन र विदेशीले लेखिदिएको संविधान हामिलाई कदापि स्विकार्य छैन ।भ्रष्ट, भ्रष्टाचारी र अपराधिले देश चलाउन पाउदैन र देशको ढुकुटी लुटेको हिसाब खोज्नै पर्छ, अब हरेक नेपालीले चाहे तिनिहरु मरेर गएका हुन या उनीहरुका शाका सन्तानबाट असुल्नै पर्छ । जमतालाई देको धोकाको सजाय यिनिहरुले पाउनैपर्छ ।

प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६     11:36:56 AM  |

प्रतिक्रया दिनुहोस्