14 October 2019  |   सोमवार, अशोज २७, २०७६

संबिधानले जारी गरेको उर्दी – सोम विक्रम सिंह

    | प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६  

सोम विक्रम सिंह
शाही घोषणा पश्चात् देशमा गाउँ गाउँमा, शहर शहरमा दिपावलीको माहोल थियो । भलै त्यो कदम बारे विभिन्न टीका टिप्पणी हुने गर्दछ । कसैले जायज भन्लान कसैले नाजयज । शाही कदम अावश्यक थियो वा थिएन त्यो ईतिहासले एक दिन केलाएर विश्लेषण गर्ने नै छ । जनयुद्व जसलाई धनयुद्व तथा राष्ट्रघाती युद्व भन्ने गरिन्छ जसलाई बिदेशीको ईशारा , निर्देशन र डिजायनमा गराईएको थियो भन्ने कुरा लुकाएर लुकाउन सकिन्न । जसले गराए तिनले व्यापक रूपले आ-आफ्नो अात्मा वृतान्त तथा कथा र विभिन्न अन्तर्वार्तामा छताछुल्ल पार्दिसके । आजको दिन सम्म कसै दलाल र कठपुतली नेताले त्यस किसिमको अारोपलाई प्रतिकार गर्ने सम्म हिम्मत देखाएका छैनन् ।
देश ध्वस्तपार्ने योजनामा भएको युद्वले गर्दा देश र जनता अशान्ति र अक्रान्तले अाजित भई सकेको अवस्था थियो । तसर्थ जनताले शाही कदमलाई बढो उत्साहका साथ अाफ्नै ससझबुझले समूह समुहमा बसि दिपावली गर्न उद्वत हुनूको साथै हर्षोउल्लास रूपले स्वागत गरेका थिए । बरू सो कदमलाई कुनै सुरक्षाकर्मी , राष्ट्र सेवक , शिक्षक तथा बिध्यालयले शाही सरकारको शक्तिशाली कदमलाई लिएर दिपावली गरेनन् । शाही सरकारबाट पनि कुनै उर्दि जारी गर्ने दुस्साहस देखाएनन् ।

राजाको प्रत्यक्ष कालमा बरू राष्ट्र-राष्ट्रियता सम्बन्धि कुनै बिषयमा सुरक्षाकर्मी , शिक्षक तथा राष्ट्रसेवकहरूलाई उर्दि जारी गर्ने गरिन्थ्यो । तर कुन कारणले हो यो हतास मानसिकता भएको सरकारले सम्विधान जोगाउन उर्दि जारी गर्न पर्ने अवस्था अायो । ईश्वर पोखरेलको मातहातमा भएको स्कुल बिभागले भएभरको बल लगाएर बिध्यालयबाट निमुखा बिध्यार्थीहरूलाई लाईन लगाएर संविधान जोगाउन नारा जुलुस गराएर टोल टोलमा निकाले । सो जुलुसलाई शिक्षक , कर्मचारी तथा जनताबाट चुनिएर अाएको प्रतिनिधीले प्रतिनिधित्व गरेको देखियो । त्यस्तै सेना , प्रहरी , शसस्त्र तथा राष्ट्र सेवक , कर्मचारी र अन्यलाई टुँडिखेलमा लाईन लगाएर स्कुले बिध्यार्थी झैँ जिन्दावाद भन्दै हिंड्नु पर्ने उर्दी जारि भयो । सो कार्यक्रममा तिनीहरूले नेताहरूको उखर्माउलो भाषण पनि सुनिदिन पर्ने रे ।

संघियताले ल्याउन लागेको ज्वारभाटोलाई सायद दलाल तथा कठपुतली र दास नेताहरूले अाँकलन गरेर ह‍ोला सायद यति छोटो समयमै बचाउन गुहार गर्दै घर घरमा दिपावली गर्ने उर्दी जारी गरेको । संबिधानलाई बचाउन हार गुहार गर्दै दुई नम्बर ट्युनिकमा झण्डा बोग्दै तिनका भाषण सुन्न जवर्जस्ती गरेका । हुँदा हुँदा बैंकर संघ ,व्यापारिक संघहरूले पनि संविधान दिवस मनाउन टुँडिखेलमा जम्मा हुन उर्दि जारी गरेको रहेछ । संविधान र जनताको शासन तथा प्रजातान्त्रको दुहाई दिनेले जनताको बिरोध तथा सुझाव सुन्न हिम्मत राख्दैन । चरम रूपमा बढेको भ्रष्टाचारलाई अावाज बुलन्द बनाउँदा भ्रष्टाचारमा जिरो टलरेन्स भन्ने सरकारले प्रहरी खोरमा लगेर हात खुट्टा भाँच्ने काम गर्छ ।

यो सरकारको जसले बिरोध गर्छ त्यसलाई गएर अरिङ्गाल भएर चिलेर अाईज भन्ने अादेश अाउँछ संसदमा बसेर । भ्रष्टाचार , अनियमितता र देशको व्यथितीलाई दर्शाउँदा गणतन्त्र माथि अाघात भयो तिनीहरू माथि जाई लाग भनी अाफ्नो भातृ संगठनलाई अादेश दिन्छ । भाषण भरि जनतालाई प्रधानमन्त्री कि दिवा सपना बाँडेर हिंड्छन् कि डमरूहरूलाई छोएर देखा त अामा बघिनीले कसरी झम्टिन्छ त्यो समयले बताउँछ भन्ने चेतावनी दिन्छ । सरकारमा बसेर ज्ञानेन्द्र शाहीको कार्यक्रम बिथोल र तिनको पत्रकार सम्मेलनमा गएर जाई लाग भन्ने अादेश दिन्छन् । अराजकताको सीमा हदै नाघेको अवस्था छ । गृहमन्त्री अाफ्नै सरकारको भएता पनि अखिलहरू प्रहरीसँग भिडेर बसेका हुन्छन् । माईतीघर मण्डलामा अखिलका करीब सय जना अाएर ज्ञानेन्द्र शाही र राजावादीलाई हान्ने भनेर सामान सहित अाएका थिए । प्रहरीको सुझबुझले केही गर्न नपाए पछि र प्रहरीले लखटे पछि तिनीहरू अरिङ्गाल झैं फन्फनाएर हिंडेका थिए । यिनलाई सायद गणतन्त्र सिद्विन्छ भन्ने डर नेपाली जनताबाट मात्रै नभएर तिनकै बिदेशी अाकाबाट पनि थ्रियट छ जस्तो भान हुन्छ । यहि समयमा किन तिनका सर्वेसर्वा वाउ समान ” र ” ले तिनको चरित्र छताछुल्ल पारेर किताब निकाल्दिन्छ । यहि समयमा अाएर प्रधानमन्त्री जस्तालाई सिङ्गापुर लगेर अौकात देखाईदिन्छ ।

चीनका बिदेशमन्त्री राष्ट्रिय म्युजियममा नगई नारायणहिटी दरवारको म्युजियममा गएर कुटनैतिक संकेत दिएर जान्छ । भिखमंगालाई झैं त्रिपाल र २५ करोड दिएर जान्छ , धन्न चीनका जनताको जडौरी लुगा दिएनछन् । फोटो खिच्दा नेपालको परराष्ट्रमन्त्रीको कागती निचरेको झैं अनुहारले पनि कुटनैतिक फेलरको संज्ञा दिईसकेको छ । चीन फर्किनासाथ प्रचण्डको नाम नै किटान गरेर ईण्डो प्यासिफिक र हङकङको मामिला बारे बिषय उच्छाल्दिएर पश्चिमा समक्ष तिनको चरित्र उदाङ्गो पारिदिय‍ो ।

अमेरिकाको राजदुतले स्वयम् गएर प्रचण्डको टिप्पणीको उचित उत्तर खोज्यो । दलालहरूको हालत हाल अाएर भिजेको मुसा भोको बिरालोको अगाडि उभिएको झैँ देखिएको छ । केहि कुरा नपाएर मुसुक्क मुस्कुराएर बसेको राजाको चाहिने नचाहिने टिप्पणी गरेर बसेका छन् । संविधान बिरोधीहरूलाई राज्यले धरपकड गर्दै मुद्वा ठोक्दै बसिरहेको छ । विप्लपलाई अाजित बनाउन तिनको कार्यकर्ता तथा नेताहरूला झुठो मुद्वा लगाएर जेल कोच्दिएको अवस्था छ । त्यस्तै शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबा , राजेश तामाङ , नारायण अर्याल , हरिनारायण प्रसाद साह , कर्मनिष्ठ अभियनताहरू तथा राष्ट्रिय सरोकार मञ्चका महामन्त्री रघुराज राज भण्डारी , रवीन्द्र कार्कि , करमवीर बस्नेत तथा अन्य राष्ट्रवादी साथीहरू कृष्णबहादुर खड्का , मानब सेबक र पारुहाङ कुथुली राई लाई राज्य सरकारले संबिधानको बिरोध गर्छ भन्ने डरले मात्रै बिभिन्न मुद्वा थुनेर राखेको अवस्था छ ।

संविधान तुहिन डर अरू भन्दा पनि यिनीहरूबाट नै छ । यिनीहरूबाट नागरिक हक ,अधिकार र वाक स्वतन्त्रताको अधिकारबाट बन्चित हुने कृयाकलाप,जनताको मुख थुन्ने दुस्साहसले गर्दा,भ्रष्टाचार चरम रूपले गर्दा,भ्रष्टाचार बिरूद्व लाग्ने अभियन्तालाई कुटपिट तथा चरम यातना दिएको कारणले गर्दा ,राष्ट्रलाई बिखण्डन गर्ने उद्वत हुँदा र राष्ट्रियता कमजोर हुने हरेक कृयाकलापले गर्दा यिनको लङ्गडो संविधान अहिले धरापमा छ । त्यस्तै राष्ट्रघाती, देशद्रोही ,बिखण्डनकारी तथा बिदेशीको निर्देशनमा बाईबलको रङ्गरूपी कालो चरित्रको संबिधानको हालत खराव छ । तसर्थ नै संविधान बचाउने बहानामा अाफु बच्न मात्रै दलाल नेताहरू संविधान बचाउने नाटक रच्दैछन् । जबर्जस्ती संबिधान दिवसको नाममा ,विद्यार्थी , बैंकर्स ,व्यापारी ,सुरक्षाकर्मी , सेना ,राष्ट्र सेवक ,शिक्षक , अाईएनजियो कर्मचारी , वकिल ,न्यायधिस , एनजियो कर्मचारी तथा समाजसेवीलाई दिपावली गर्न ,लाम लागेर जिन्दावाद भन्न र दलाल नेताको भाषण सुन्न उर्दि जारी गर्न पर्ने अवस्था अाई परेको छ ।

तर जनता संविधान तुहिएको हेर्न अातुर छन् । तिहार लगत्तै यो देशमा भिषण अान्दोलन हुने लक्षण छ । भारत र चीनको नेपाल सम्बन्धि एक खाले निति बनिसकेको छ । भारतले अाफ्नो देशबाट भारतीय बाहेक अाफ्नो भुमिबाट सबैलाई अा-अाफ्नो देश फर्कन उर्दि जारी गरिसक्यो । त्यहाँ बसोबास गर्ने , नोकरी गर्ने र कुनै रूपमा बसेका नेपाली जसको कागत पत्र छैन करिव चालीस लाख नेपाली फर्किनु भनेको अर्को क्रान्तिको लागि तयार हुनु हो । तसर्थ दासत्वले भरिएको उर्दिवाला संविधान अब छिट्टै यो देशबाट हट्ने छ । अब जनता सके राष्ट्रवादी तथा देशभक्तपुर्ण संविधान कोर्न तयार भएर बसेका छन् । जय देश ।

प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६     12:06:06 PM  |

प्रतिक्रया दिनुहोस्