14 October 2019  |   सोमवार, अशोज २७, २०७६

स्वास्थ्य क्लिनिकमा लागू औषधको कारोबार,संचालक पक्राउ

    | प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६  

कैलाली । स्वास्थ्य क्लिनिक मै लागु औषध बिक्री गर्ने संचालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ स्थित बलियामा लक्ष्मी स्वास्थ्य क्लिनीक राखेर लागु औषध र प्रतिबन्धित औषधी बिक्री गर्दै आएका ३२ वर्षीया मेसक कुमार चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उक्त स्वास्थ्य क्लिनिकमा चेक जांच गर्दा लागु औषध तथा प्रतिबन्धित औषधी फेलापारी बरामद गरेको र क्लिनिक संचालक   चौधरीलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाईएको छ ।

क्लिनीकबाट बरामद गरिएका औषधिहरु :
१) Tramadol  Hydrochloride Capsules 50 mg (Trama) Red 1000 capsules
२) Pheniramine Maleate Tableth ( AVIL) 595 Tab
३) Cholordiazepoxide Tablets (Zepox) 30 Tab
४)Tramadol  Hydrochloride capsules  (Tramats) Green 200 capsules
५) Pregablin capsules (REGAB ) 5870 capsules
६) Cambipack of  mIfepristone tablets (MIFEGEST) kit- गर्भपतन गराउने औषधि ५० tablets रहेका छ्न ।

प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६     4:31:14 PM  |

प्रतिक्रया दिनुहोस्