20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

सन्ध्याकालीन यात्रामा निस्किएका एक नेपालीको निधन

    | प्रकाशित मितिः आइतवार, अशोज ५, २०७६  

दक्षिण कोरिया। इपिएस मार्फत कोरिया आएका एक नेपालीको सन्ध्याकालीन यात्रामा एक्कासी बेहोस भई निधन भएको छ l

कोरियाको राजधानी सउल नजिक एक कम्पनीमा कार्यरत चितवनका शिवराज महतोको मृत्यु भएको राप्ती सम्पर्क समिति दक्षिण कोरियाका पुर्व अध्यक्ष बिर कुमार ओलीले जानकारी दिए l

शनिबार कम्पनीमा काम सकिएपछि सन्ध्याकालीन यात्रामा ओली संगै निस्किएका महतो एक्कासी बेहोस भई ढलेपछि त्यहाँ रहेका स्थानीय कोरियनहरुको सहयोगमा तत्कालै अस्पताल पुर्याइए तापनि डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए l

उच्च रक्तचापबाट पिडित करिब ५० बर्षिय महतोले दाँतको समस्या भएको बताउने गरेको कम्पनीमा संगै कार्यरत नेपालीहरुले बताए l करिब १०बर्ष देखि कोरियामा कार्यरत मृतक महतो बिना भिसा बस्दै आएका थिए l उनका छोरा समेत कोरियामा कार्यरत छन् l

हाल उनको सवलाई नजिकैको अस्पतालमा राखिएको छ l कोरियामा अबैध रुपमा बस्दै आएको र मृत्यु पनि कम्पनि बाहिर भएकोले शव नेपाल पठाउन समस्या पर्न सक्ने संगै कार्यरत ओलीले बताए l

हेल्लो नेपाल कोरिया डटकमको सहयोगमा

प्रकाशित मितिः आइतवार, अशोज ५, २०७६     4:34:15 AM  |

प्रतिक्रया दिनुहोस्