24 February 2020  |   सोमवार, फाल्गुन १२, २०७६

राष्ट्रपतिले माफी नमाने शीतल निवास घेर्ने तरुण दलको चेतावनी

    | प्रकाशित मितिः आइतवार, अशोज ५, २०७६  

काठमाडौ । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले पार्टी सभापति शेरबहादुर देउवाको मानमर्दन हुने गरी राष्ट्रपतिले दिएको अभिव्यक्तिको चर्को विरोध गरेको छ । राष्ट्रपति जस्तो गरिमामय व्यक्तिले सार्बजनिक रूपमा दिएको अभिव्यक्ति पदिय मर्यादाहीन भएको भन्दै तरुण दलले आपत्ति जनाएको हो ।

राजधानी काठमाडौस्थित माइतीघर मण्डलामा आइतबार ‘तरुण युवाको खबरदारी’ कार्यक्रम आयोजना गरि प्रदशर्न समेत भएको छ । संविधान दिवसको अवसरमा असोज ३ गते राष्ट्रियसभा भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्या देवी भण्डारीले
आफूभन्दा अगाडि बोलेका काँग्रेस सभापति देउवाले दिएको अभिव्यक्ति व्यांग्य गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘सुझावका रुपमा कुरा राख्छु ,यो मञ्चमा वक्ताले बोलेको केही नबुझ्ने रहेछ  । नेताहरुले जोशिएर बोल्नुभयो। फ्लोरबाट राम्रो स्वागत भयो। ताली बज्यो । राम्रो बोल्नुभयो जस्तो लाग्यो । तर, के बोल्नुभयो भन्ने कुरा आम रुपमा बुझिएन । कान सुनिएन । अब मिडियाबाट थाह पाइएला ।’

देउवालाई लक्षित गरेर दिएको अभिव्यक्ति राष्ट्रपतिको पदीय मर्यादा विपरीत भएको भन्दै समाजिक संजालमा जनआक्रोश भैरहेको बेला तरुण दलले विरोध प्रदशर्न गरेको हो । तरुण दलले राष्ट्रपतिले आफुले दिएको अभिव्यक्ति बारे माफी नमागे शीतल निवाश घेराउ गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मितिः आइतवार, अशोज ५, २०७६     10:53:48 PM  |

प्रतिक्रया दिनुहोस्