लोकप्रिय गायक रेशम सापकोटाको ‘आउँदैछ परदेशी’ (भिडियो सहित)

काठमाडौं। नेपाली लोक तथा दोहोरी गीतका चर्चित अनि लोकप्रिय गायक तथा सर्जक रेशम सापकोटाको दशैंतिहार विशेष लोकदोहोरी गीत ‘आउँदैैछ परदेशी’ सार्वजनिक भएको छ।

जनचेतनामुलक देखि लिएर हाँस्यव्यंग्यात्मक, ठट्यौली गीतहरू, लोक भजन गीतहरूसम्म सिर्जना गर्न माहिर गायक सापकोटा गायनका अलावा अभिनय र निर्देशनमा पनि उत्तिकै सफल देखिन्छन् । उनका मार्यो नि मायाले (ठट्यौली), पल्टनको लाहुरे दाइ, बाटो हेरे हुन्छ है घरमा (दशैंतिहार), लाहुरेनी भाउजु (जनचेतनामुलक, ठट्यौली), ठूला देवता (भजन), अंशबन्डा (ठट्यौली), नेपालको छोरो म (देशभक्ति), झलमलै तिहार (तिहार), बृद्धाश्रम भाग १ र २ (जनचेतनामुलक तीजगीत) लगायत सयौं गीतहरू चर्चाको शिखरमा छन् ।

उनै गायक तथा सर्जक सापकोटाले यसपटकको दशैंतिहारलाई लक्षित गरी फेरि अर्को लोकदोहोरी गीत प्रस्तुत गरेका छन्। उनकै लय/शब्दमा झलक संगीतमको संगीत संयोजन रहेको यो गीतको महिला आवाजमा उनलाई लोकप्रिय गायीका देवी घर्तीले साथ दिएकी छन्।

गायक सापकोटाकै निर्देशन, राहुल राईको छायांकन र रोशन धितालको सम्पादनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा रेशम सापकोटा, जुना गुरुङ्ग, पवित्रा रिजाल, चन्द्र बिडारी, सुमित खड्का, तेजेन्द्र गौतम, माधव प्रसाद सिग्देल, राजन पौडेल, अशोक कुमार सापकोटा लगायतका कलाकारहरूको सुन्दर अभिनय देख्न सकिन्छ।

तरेली संगीत कुञ्जले उत्पादन गरेको यस गीतको म्युजिक भिडियोलाई तरेली संगीत कुञ्जकै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

गायक तथा सर्जक रेशम सापकोटा लगायत यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

प्रतिक्रया दिनुहोस्