14 October 2019  |   सोमवार, अशोज २७, २०७६

कक्षा ११ को परीक्षाफल भोली मंगलबार प्रकाशित हुँदै

    | प्रकाशित मितिः सोमवार, अशोज ६, २०७६  

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफल भोली मंगलबार प्रकाशित गर्ने तयारी गरेको छ । मंगलबार बिहान बसेको परीक्षा बोर्डको बैठकले यसबारे जानकारी गराएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको हो ।

यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए । अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्ठले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गरेको हो ।

प्रकाशित मितिः सोमवार, अशोज ६, २०७६     3:24:22 PM  |

प्रतिक्रया दिनुहोस्