14 October 2019  |   सोमवार, अशोज २७, २०७६

राकममा शिक्षण अस्पताल खोल्न काङ्ग्रेसले पहल गर्छ:महत

    | प्रकाशित मितिः बुधबार, अशोज ८, २०७६  

दैलेख ।नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले दैलेखको राकममा शिक्षण अस्पताल बनाउनका लागि काङ्ग्रेसले पहल गर्ने बताएका छ्न । बुधबार राकममा कांग्रेसका नेता कार्यकर्ताहरु सँग भेटघाट गर्दै सहमहामन्त्री महतले सुदुर र कर्णालीका मेडिकल पढ्ने इच्छा भएका विद्यार्थीहरुका लागि पनि शिक्षण अस्पताल खोल्न अत्यन्त आवस्यक भएको बताए ।

विकट सुदुर र कर्णाली  क्षेत्रलाई  स्वास्थ्यमा अब्बल र नागरिकको स्वास्थमा पहुँच वृद्धि गर्नका लागि शिक्षण अस्पताल आबस्यक रहेको छ उनले भने “यसकालागि आफ्नोतर्फबाट र पार्टीको तर्फबाट आबस्यक पहल गर्छु “।

उनले कर्णाली र सुदुरका जिल्लाका जनताले सिटामोलसम्म खान नपाएर ज्यान गुमाईरहेको बेला सरकार भने भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । विकास र समृद्धिका नाममा सरकारकै कारण देशमा संस्थागत भ्रस्टाचार मौलाएको टिप्पणी गरे ।

प्रकाशित मितिः बुधबार, अशोज ८, २०७६     11:46:34 AM  |

प्रतिक्रया दिनुहोस्