14 October 2019  |   सोमवार, अशोज २७, २०७६

गणतन्त्र बचाउन “सी”को विचारको सहारा !

    | प्रकाशित मितिः बिहिबार, अशोज ९, २०७६  

सोम विक्रम सिंह
नेकपाले सी सिद्वान्त सिक्दै गर्दा सी सिद्धान्त लागू हुन्छ कि हुँदैन भन्ने बहस शुरू भएको आभाष भईरहेको छ । नेपालीको महान चाड महान दशै तथा तिहारपछि नेपालमा विभिन्न असुन्तुष्टी समुहले छुट्टाछुट्टै भिषण आन्दोलन गर्ने आकलन हुँदैछ । ,तर तिहार पछि यो देशमा अर्को ठूलो शंकास्पद कदम भने पक्कै चालिदैंछ । मान्नुहोस् यो हाईपोथेटिकल कुरा नै हो रे तर यदि दुवै नेकपा एकै ठाउँमा आए देशमा कुन शासन लागू होला ? केपीले म बाँचे पाँच बर्षको लागि प्रधानमन्त्री पदमा नै हुन्छु भन्नु तर त्यसमा कुनै पनि किसिमले प्रचण्ड तथा तिनको कित्ताले कुनै विरोध नजाउनु । केपी सिङगापुर हुँदा बर्षमान पुन भेट्न जानु र लगत्तै बिष्णु र बामदेव जानुले अब सबै धारमा रहेको कित्ता एकै ठाउँमा अाउँदै छ भन्ने संकेत गर्दछ ।

प्रचण्डले अव ५० बर्षसम्म कम्युनिस्ट सत्ता न‌ै हो भन्नू यो कम्युनिस्ट शासनमा जाने संकेत नै हो । एउटा तोतेले कम्युनिस्ट आए बोल्न पाईन्न भन्ने संकेत हाल आएर बिस्तारै मिडियामा अंकुस लगाउन खोजिएको बिधेयकले पनि जनाउँदछ । हाल नै आएर एउटा जनयुद्वको सेनालाई प्रमोशन दिई चिफको लाईनमा तयार पार्नु । सेनामा प्रचण्ड पक्षधर तथा अन्य नेकपा नेताको नातेदारहरू लाईनमा नै सेनाको माथिल्लो दर्जा कर्णेल,फुल कर्णेल, एक तारे ,दुई तारे देखि ३ तारेसम्म लाइनमा छन् । यस्तै गरि नेकपाले आफ्ना क्याडेटहरूलाई नेपाल प्रहरी, शसस्त्र र निजामती कर्मचारीमा र त्यस्तै न्यायलयमा तयार पारेर राखेका छन् । उहाँ प्रचण्डले ५० बर्षको कम्युनिस्टको सत्ता त्यसै हावामा बोलेको झैँ लाग्छ ? झलनाथ र उनको छोरा बिआरआई को सम्मेलन गवाङझाउमा भाग लिन गएका थिए यसै भदौ तिर ।

चीनले गर्ने नेपालमा कुनै पनि ठुला प्रोजेक्ट झलनाथकै छोराले हेर्ने गर्छन् । फर्के लगत्तै प्रचण्डले झलनाथ खनाललाई साक्षी राखि अखिललाई आई लाग्नेलाई जाई लाग्नु भन्नु र यस प्रकारका गतिविधिलाई कसरी नियाल्छन् हाम्रा बिश्लेसकहरूले ? यस्ता गतिबिधी थाहा हुने बित्तिकै “रअ” ले कितावमा र भारतीय प्रख्यात पत्रिकामा वीरेन्द्र सरकारको पालामा राजसंस्था हटाउन प्रचण्डलाई फकाउन सफल भएको तथ्य प्रकाशित गरेर प्रचण्ड आफ्नो हातबाट फुत्केकोमा यसरी रोष प्रकट गर्नु । चिनियाँ बिदेश मन्त्री आएर प्रचण्डसँग भएको कानेखुसीलाई बेईजिङ फर्के लगत्तै स्टेटमेण्टमा नाम तोकेर नै हङकङ आन्तरिक मामिला र ईण्डो प्यासिफिक र त्यस्तै अन्य नेपाली राष्ट्रियतामा आघात पुग्ने कुनै सैन्य अभ्यासमा नेपाल भाग लिने छैन भन्ने समाचार पश्चिमालाई झस्याङ्ग हुने गरि प्रष्ट्याई दिनु ।

प्रचण्डलाई डबल एजेण्टको रोल खेलेमा जिवन धरापमा पर्छ भन्ने संकेत पनि हो र उत्तरलाई जिस्काउने कार्य नगर भन्ने चेतावनी पनि हो । सायद उनलाई अमेरिकी चङ्गुलबाट उछ्छिट्याएर उत्तरमा समाहित गर्नु पनि थियो कि ? यसैले सि सिद्वान्तको तालिम नेपाली कम्युनिस्ट पार्टिलाई दिईयो भने दुई कम्युनिष्ट बिच भएको साईनिङ सेरोमनिमा तिनै प्रधानमन्त्री माधव ,प्रचण्ड र केपि उभ्याईयो । विभिन्न चालामालाले कम्युनिस्टमा कुनै कित्ता छैन र एउटै धार छ भन्ने पनि देखाउनु छ ।

संसदमा केपिले डमरूलाई जाई लागे आमा बघिनीले कसरी प्रतिकार गर्छ भन्ने के सन्देश हो भने अखिल र अन्य भातृ संगठनलाई तिमीहरूको लागि हामी छौँ अगाडि बढ भन्ने अादेश हो । यता मातृका देखि झलनाथ , केपि , माधव , प्रचण्ड , योगेश तथा प्राय नेता र अरिङ्गालहरू राजसंस्थाको अपार पपुलारिटी देखि आतीएर बिहानदेखि नसुते सम्म सत्तो सराप गरेर नै बसेका छन् । मसानको भुत , मसानको हड्डी फुकेर , कुहिएको लास तथा अरिङ्गालको गोला भएर जाई लाग्नु भन्दै रोष प्रकट गर्दैछन् भने साँच्चिकै अरिङ्गालहरू जाईलाग्न शुरू गरिसके । तर कति नेताहरू एक ढिक्का भएको जनाउ दिन एक अर्काको रक्षा गर्दै बसेका छन् । “रअ” ले निकालेको प्रचण्ड बारे टिप्पणीलाई माधव नेपालले १२ बुँदेमा भारतको हात छैन भनेर प्रतिकार गरे । अचम्मको कुरा माधव नेपाललाई जिन्दगी भर भारतीय दलालको संज्ञा मिडिया र बिश्लेसकले गर्दै आएका थिए । उनी त्यहि व्यक्ति हो जसले नेपालमा राजसंस्था बिरूद्व भारतीय सेना लगाएर ठेगान लाउनु पर्छ भन्थे जुन कुरा उनकै कमरेड मैनालीले लेखेको कितावमा छ । तर अहिले सबै एक ढिक्कै बस्ने मनस्थिति छन् र सरकार तथा नेकपा दुवै रक्षात्मक र अाक्रमक कार्यनितीमा छन् भन्ने देखिन्छ । बेला न कुवेला भनेजुएला प्रकरण उव्जाएका प्रचण्ड आफु हेगमा गए बिश्वको हिरो हुने कुरामा यथार्थता पनि हुनसक्छ ।

अमेरिकाको भ्रमण बाट फर्के पछि उनको व्यक्तिगत गतिबिधी भने अमेरिकाले सोचे अनुरूप देखिएन । उनले क्युवा र भेनेजुएलाको उच्च सरकारका व्यक्तित्वसंग भेटेर आफुले राखेको कुरा सहि हो भन्दै अमेरिकाको क्युवा प्रतिको कार्य मानवीय बिरूद्व छ भन्न पनि भ्याए । नेकपाको प्राय सबै नेता कफन बाँधेर नै राजनीतिमा लागेकाहरू छन् । टाउको काट्नु र १७००० मार्नु यिनीहरूको लागि कुनै ठुलो कुरा होईन ,मामुली हो । यिनीहरूलाई कुनै बलियो राष्ट्रले सपोर्ट गरे सत्ताको लागि जुनसुकै हत्कण्डा अपनाउनु कुनै महाभारत छैन ।

सत्ता र शासनमा चलखेल गर्नु र ५० बर्षको सत्ता टिकाउनको लागि अर्थको आबश्यकता हुन्छ । जसको लागि सरकारले भ्रष्टाचारमा जिरो टलरेन्सको नारा दिंदै राज्यको ढुकुटीको दोहोन शायदै कुनै ईतिहास र बिश्वमा नै भएको छैन होला । शायद ५० बर्षको शासन टिकाउनको लागि नै होला अब एउटा रणनीति तयार हुँदै छ । यहि सुईँको पाएर होला सेनाको चिफले पनि म चुप लागेर बस्दिन भन्ने भावनार्थ र अर्थपुर्ण भनाई राखेका थिए । अव शुरू हुने रोमाञ्चित खेलको शुरूवात बिध्या भण्डारीले राष्ट्रपतिबाट केही न केहि रूपबाट राजिनामा दिने , केपि ५ बर्षको लागि प्रधानमन्त्री हुने ,प्रधानसेनापति देखि अन्य अङ्गमा रहेका प्रमुख कम्युनिस्ट अनुकुल ल्याउने , माधव वा झलनाथ पार्टी अध्यक्ष हुने , प्रधानसेनापतिलाई आफ्नो मातहतमा राख्ने राष्ट्रपति प्रचण्ड बन्ने ।

राष्ट्रपतिलाई अधिकार सम्पन्न बनाउने र कुनै अरू देशको कानुनले राष्ट्रप्रमुख र सरकार प्रमुखलाई लछारपटार नलाग्ने बिधेयक ल्याउने । प्रधानमन्त्रीको मातहतमा प्राय केही सरकारी संगठनहरूलाई ल्याईसकेको बिना कारणले होईन भन्ने बिश्लेसकहरूले बुझ्नु अत्यन्तै जरूरी छ र अख्तियारले कुनै पनी कारणले छानविन गर्न नपाउने बिधेयकको चर्चा त्यसै भएको होईन । नेपाली सभ्यता ,राष्ट्रिय पहिचान ,धर्म संस्कृति तथा नेपाली धरोहर बोक्ने र जरो गाडेर बसेको संरचना ध्वस्त पार्न गुठि बिधेयक जस्ता हरेक बिधेयक ल्याउन प्रयास भैसकेको छ । अब हामी शक्तिशाली छौँ भन्नेले यति पनि बुझ्न कोसिस नगरे कम्युनिस्ट सरकारसँग त्वम शरणम गरेर बसे हुन्छ नत्र विभिन्न कानुनी चार्ज लागेर जेलमा सडेर बस्न तयार भएर बसे हुन्छ । अब पनि बुझ्न ढिला गरे  लातोका भुत बातो से नहि मान्ता भन्ने उखान फेरि फेरि सुन्न पाईनेछ । तसर्थ सम्पुर्ण राष्ट्रभक्ति , देशभक्ति , प्रजातान्त्रिक शक्ति , भ्रष्टाचार बिरोधी अभियन्ता , धार्मिक तथा सांस्कृतिक अभियन्ता एक ठाउँमा अाई राष्ट्र र राष्ट्रियता बचाउन लाग्न पर्दछ नत्र भए अब कि वार कम्युनिस्ट सरकार त्यहि पनि ५० बर्षको लागि । जय होस् कहिले घैंटोमा घाम नलाग्नेहरूको !

प्रकाशित मितिः बिहिबार, अशोज ९, २०७६     2:33:13 PM  |

One Comment

प्रतिक्रया दिनुहोस्