14 October 2019  |   सोमवार, अशोज २७, २०७६

एकता युवा समाज सुर्खेतद्वारा शैक्षिक सामग्री वितरण

    | प्रकाशित मितिः शुक्रबार, अशोज १०, २०७६  

सुर्खेत । एकता युवा समाज सुर्खेतले विजया दशमीको अवसरमा विपन्न तथा गरिब विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।


भेरीगंगा नगरपालिका वडा नम्बर १३ मा अवस्थित लालीगुराँस माध्यामिक विद्यालयमा समाजले एक कार्यक्रमको आयोजना गरेर उक्त सामग्री वितरण गरेको हो।
लालीगुराँस माध्यामिक विद्यालयका विभिन्न कक्षामा अध्ययनरत ९ जना विद्यार्थीहरूलाई कापी, पेन, पेन्सिल, झोलालगायतका सामग्री वितरण गरिएको थियो।
हरेक विद्यार्थीलाई ९ वटा नेपाली कापी, ३ वटा अंग्रेजी कापी, १० थान पेन, १० थान पेन्सिल, २ थान इरेजर, १ थान पेन्सिल कटर, यक थान ज्यमिती बक्स, १ थान स्कुल ड्रेस, १/१ थान झोला वितरण गरिएको हो।
उक्त शैक्षिक सामग्रीहरू वितरणमा हाल मलेसियामा रहेका राजु शाही, विमल कुमार राना, गोविन्द घर्ती, केशव बुढा, जय बहादुर विकलगायतले सहयोग गरेका छन्। त्यस्तै नेपालमा भक्तबहादुर बुढा र प्रज्ञा बुढाले कार्यक्रमको संयोजन गरेका छन।

प्रकाशित मितिः शुक्रबार, अशोज १०, २०७६     7:11:43 PM  |

प्रतिक्रया दिनुहोस्