14 October 2019  |   सोमवार, अशोज २७, २०७६

नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ परेका तीनजना कारागार चलान,एक धरौटीमा छोडिए रिहा

    | प्रकाशित मितिः शनिबार, अशोज ११, २०७६  

कैलाली । कैलालीको धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ परेका तीन जनालाई कारागार चलान गरिएको छ भने एकजना धरौटीमा रिहा भएका छ्न ।

कारागार चलान हुनेमा जिल्लाको चुरे गाउँपालिका वडा नम्बर १ घर भई धनगढी उपमहानगरपालीका वडा नम्बर १ वस्ने  बर्ष २५ का खगेन्द्र बम भन्ने खगेन्द्र बहादुर रजवार, सोही ठाउँका २२ बर्षीय भोजवहादुर बम र महोत्तरीको साविक किसानगर गाविस ९ घर भई हाल बर्दिवाद नगरपालिका ६ बस्ने २५ बर्षीय गोकुल बहादुर खड्का छ्न ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार दार्चुलाको रानिशिखर घर भई कैलालीको धनगढी उप महानगरपालीका वडा नम्बर ३  बस्ने बर्ष २४ का पल्लपराज भट्टलाई एक लाख धरौटीमा रिहा भएका छ्न । पक्राउ परेकाहरु विरुद्ध खोटा चलन शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरिएको थियो।

उनीहरूलाई जिल्ला सरकारी वकिल कार्यालय, कैलाली मार्फत कैलाली जिल्ला अदालत पेश गरिएकोमा अदालतबाट थुनछेक आदेश भई कारागार चलान गरिएको प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। प्रहरीका अनुसार उनीहरु मध्ये तीनजनालाई फरक फरक मितिमा धनगढीबाट र  गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको थियो।

प्रकाशित मितिः शनिबार, अशोज ११, २०७६     1:27:54 PM  |

प्रतिक्रया दिनुहोस्