14 October 2019  |   सोमवार, अशोज २७, २०७६

नक्कली प्रहरी बनी अपहरणपश्चात् करणी गर्न खोज्ने तीनजना कारागार चलान

    | प्रकाशित मितिः शनिबार, अशोज ११, २०७६  

धनगढी । कैलालीको धनगढीमा नक्कली प्रहरी बनी  अपहरण पश्चात् करणी गर्न खोज्ने तीन जना कारागार चलान भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १६ का १९ वर्षीय अनिल राना, २२ वर्षीय संञ्जित  राना र २९ वर्षीय लोकेन्द्र खडायतलाई कारागार चलान गरिएको हो।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय कैलाली मार्फत कैलाली जिल्ला अदालत पेश गरेकोमा अदालतले तीनै जनालाई पुर्पक्षका लागी कारागार चलान गर्न आदेश दिएको हो। प्रहरीका अनुसार उनीहरुले भदौ २१ गते राती धनगढी वडा नम्वर ७ की एक किशोरीलाई आफूहरु प्रहरी भएको भन्दै अपहरण गरी जवरजस्तीकरणी गर्न खोजेका थिए।

अपहरणकारीले प्रहरी भएको भनेपछि किशोरीका आफन्तले प्रहरीलाई खबर गरेका थिए। तर, प्रहरीले नियन्त्रण नलिएको थाहा भएपछि किशोरीको खोजी सुरु भएको थियो। तीनै जनाविरुद्ध अहरण, शरीर बन्धक र जबरजस्तीकरणी सम्बन्धी कसुरमा अनुसन्धान भएको थियो।

(तस्बिर DPO Kailali )

प्रकाशित मितिः शनिबार, अशोज ११, २०७६     1:35:34 PM  |

प्रतिक्रया दिनुहोस्