14 October 2019  |   सोमवार, अशोज २७, २०७६

अरिंगालहरु कै कारण लोकतन्त्र खतरामा छ :अशोक राई

    | प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६  

बुटवल । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी ओलीले आफ्ना अरिंगाल’हरु नियन्त्रण गर्न नसके लोकतन्त्र खतरामा पर्ने चेतावनी दिएका छ्न । उनले विचार तथा अभिव्यक्ति स्वतन्त्रता माथि बन्देज लगाउन खोज्नु दुर्भाग्य भएको बताए ।

आइतबार बुटवलमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै राईले लोकतान्त्रिक व्यवस्थामा अरुलाई निशेध गर्न खोज्नु र भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा  आक्रमण गरिनु उचित नभएको भन्दै यो पञ्चायती शैलीको स्वरुप भएको बताए ।

लोकतान्त्रिक गणतन्त्र यही सरकारका कारण खतरामा छ उनले भने लोकतन्त्रमा स्वतन्त्र पुर्वक विचार राख्नपाउनु ,विरोध गर्न पाउनु संबैधानिक अधिकार हो उनले भने भ्रष्टाचार र घुसखोरी वर्तमान सरकारकै पालामा बढेको छ यसको नागरिक स्तरमा विरोध हुनु स्वभाविक हो ।

-( रातोपाटीको सहयोगमा)

प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६     2:42:46 PM  |

प्रतिक्रया दिनुहोस्