14 October 2019  |   सोमवार, अशोज २७, २०७६

महेस्वरी नाथ योगी बनिन् उत्कृष्ट फेसन डिजाइनर (तस्बिरसहित )

    | प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६  

काठमाडौं।इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)ले आयोजना गरेको दोश्रो संस्करणको ‘इन्टरनेशल ड्रेस टु इम्प्रेस–२’ फेसन डिजाईन प्रतियोगितामा अछामकि महेस्वरी नाथ योगी प्रथम भएकी छ्न ।

हाल काठमाडौको मतिदेविमा बसोबास गर्दै आएकी योगी प्रतियोगितामा आफ्नो डिजाइनबाट प्रथम बन्न सफल भएकी हुन । १२ फिटभन्दा लामो फ्लावर प्रिन्ट ह्वाईट गाउनको डिजाइनबाट उनी उत्कृष्ट भएको आयोजकले जनाएको छ । उनले ट्रफीसँगै १५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरेकि छ्न ।

काठमाडौंको बागबजार र ललितपुरको कुमारीपार्टीमा रहेको ‘इन्टरनेशल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजी’का ६४ जना प्रशिक्षार्थी डिजाइनरहरु आफैंले तयार गरेको फेशनमा सजिएर मोडलको रुपमा शनिबार बेलुका फेसन डिजाइन प्रतियोगितामा उत्रिएका थिए ।

प्रतियोगितामा श्रेया पुन मगर फस्ट रनरअप डिजाइनर भइन् । उनले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेकि छ्न । डार्क एन्ड लाईट थिमको कालो डिजाइनको गाउनबाट उनी फस्ट रनरअप भएकी हुन् । उक्त प्रतियोगिताको निर्णायकमा अभिनेता प्रशान्त ताम्राकार, गायिक मिलन नेवार, गायिका÷नायिका बिष्णु चेम्जोङ, बुटिक एशोसियसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, फेशन डिजाईनरहरु निभा श्रेष्ठ, महेश महर्जन र इन्टरनेशल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका एकेडेमी निर्देशक राजु सुवाल रहेका थिए ।

यसैगरी इन्दे्रणीको अबधारणमा तयार गरिएको सप्तरंगी गाउनबाट उर्मिला तामाङ सेकेन्ड रनरअप भइन् । उनले ८ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेकि छ्न  । डिजाइन प्रस्तुतिका क्रममा आफुले तयार गरेको डिजाइनमा सजिएर डिजाइनहरु मञ्चमा उत्रिँदा कार्यक्रमको रौनकता बढेको थियो । जम्मा ६ महिनाको प्रशिक्षणमा उनीहरुले निकै आकर्षक डिजाइन तयार पारेर र्याम्पमा प्रस्तुत गरेका थिए ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाका अनुसार इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजीका विधार्थीहरुको डिजाइन प्रोत्साहनका लागि ‘ड्रेस टु इम्प्रेस’ गत वर्षबाट आयोजना गरिँदै आएको हो । यो फेशन शोको कोरियोग्राफी बिपना थापाले गरेकी हुन् ।

प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६     7:39:20 PM  |

प्रतिक्रया दिनुहोस्