14 October 2019  |   सोमवार, अशोज २७, २०७६

दशै विदामा देशभरका स्वास्थ्यसेवा खुला रहने

    | प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६  

काठमाडौँ ।नेपालीको महान्पर्व दशैँ, तिहारमा स्वास्थ्यसेवा विगत वर्षमा जस्तै निरन्तरता हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैँ र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा सूचारु राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ ।

मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुषालद्वारा आज जारी विज्ञप्तिमा स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्यसेवा सूचारु राख्न ११ बुँदे आग्रह जारी गरिएको छ ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले स्वास्थ्यसेवा सूचारु राख्न अनुरोध गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्नुभएको थियो ।

संविधानको प्रावधानअनुसार स्थानीय तहका स्वास्थ्य संस्थाको सञ्चालन स्थानीय निकायले गर्दछन् ।
सो आग्रहमा अस्पताल विपद् व्यवस्थापन समितिलाई पूर्व तयारी अवस्थामा रहने व्यवस्था मिलाउने, सबैै अस्पताल, अस्पतालका फार्मेसी तथा एम्बुलेन्स २४ सैघण्टा सञ्चालनको व्यवस्था मिलाउने र राजमार्ग वरिपरिका स्वास्थ्य संस्थालाई थप तयारीमा राख्ने व्यवस्था मिलाउने रहेका छन् ।- नेपाल समाचारपत्र

 

 

प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६     6:46:25 AM  |

प्रतिक्रया दिनुहोस्