14 October 2019  |   सोमवार, अशोज २७, २०७६

पूर्वप्रधानन्यायाधीश उपाध्यायको निधनप्रति पुर्वराजा शाहद्वारा दु:ख व्यक्त

    | प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६  

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले स्वर्गिय पुर्व प्रधानन्यायाधीस उपाध्यायको आत्माको चीर शान्तिको कामना गरेका छन ।

साथै पुर्वराजा शाहले शोक सन्तप्त परिवारमा समवेदन समेत प्रकट गरेको उनका निजी सहयोगी फणिराज पाठकले जनाए ।

उपाध्यायको ८२ वर्षको उमेरमा शुक्रबार राती निधन भएको थियो । क्यान्सरको लास्ट स्टेजमा रहेका उपाध्याय वि।सं। २०५६ पुस २ गतेदेखि ०५९ मंसिर १९ सम्म प्रधानन्यायाधीश रहेका थिए ।पारिवारिक सदस्य एवं अधिवक्ता जीवन उपाध्यायका अनुसार उनको आइतबार विहान ११ बजे अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६     10:46:58 AM  |

प्रतिक्रया दिनुहोस्