14 October 2019  |   सोमवार, अशोज २७, २०७६

करेन्ट लागेर बर्दगोरियामा एक युवकको मृत्यु

    | प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६  

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्वर ३ मा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । प्रहरीकाअनुसार सुर्खेतको चौकुने गाउँपालिका वडा न्ं २ निबासी चन्द्रवहादुर गुरुङका छोरा बलवहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको हो।

उनी यहाँ आफन्तको घरमा बसि अद्ययन गर्दै आएका थिए । उनी बौनियामा रहेको नोबेल स्कुलकका विद्यार्थी हुन ।

गुरुङको हिजो दिउँसो घर नजिक रहेको आपको हाङगा काट्ने क्रममा विद्युतको लाईनमा हाङगा अड्कीएपछि करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६     10:45:26 AM  |

प्रतिक्रया दिनुहोस्