14 October 2019  |   सोमवार, अशोज २७, २०७६

बलात्कार काण्डामा मुछिएका सभामुख महराको राजीनामा स्वीकृत

    | प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६  

काठमाडौं । बलात्कार काण्डमा मुछिएपछि राजीनामा दिएका सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ ।यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट मंगलबार उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका थिए ।

आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् ।

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाएको थियो ।

प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६     1:45:34 PM  |

प्रतिक्रया दिनुहोस्