14 October 2019  |   सोमवार, अशोज २७, २०७६

विश्व अहिंसा दिवशका अबसरमा सुर्खेतमा सचेतनामुलक कार्यक्रम (तस्बिरमा हेर्नुहोस)

    | प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६  

वीरेन्द्रनगर । विश्व अहिंसा दिवशका अबसरमा सुर्खेतको वीरेन्द्रनगरमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । “अहिंसा परमो धर्म” भन्ने मुल नाराका साथ यहाँका स्वतन्त्र नागरिक समाजको आयोजनामा कार्यक्रम गरिएको हो ।

एउटा हिंसारहित समाजको परिकल्पना गर्दै विस्व अहिंसा दिवस र विस्वमै अहिंसाका लागि विश्वसमाजले मानेका भारतिय नेता माहात्मा गान्धीको जन्मजयन्तीको अवसरमा जनचेतनामूलक कार्यक्रम गरिएको हो।

हरेक मानव मस्तिष्कभित्र रहेको हिंसात्मक ब्यवहारलाई  परित्याग गरि सबैमा अहिंसा ,प्रेम , शान्ति र सतविचार को बिजारोपण गर्ने मुल उदेस्यले सचेतता जनाउनका लागि  कार्यक्रमको आयोजना गरिएको आयोजकले जनायो । कार्यक्रममा आफ्नो आङ्सिक स्वार्थका लागि अरुको वलि चढाउने र पशु बलि दिनु राम्रो कुरा होइन भन्ने जानकारी गराइएको थियो ।

कार्यक्रममा सहभागी सबैले वीरेन्द्रनगरका विभिन्न स्थानमा राष्ट्रिय झण्डासहित सचेतनामुलक प्लेक कार्डहरु समेत प्रदशर्न गरेका थिए ।

तस्वीरमा हेर्नुहोस ।

प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६     2:38:40 PM  |

प्रतिक्रया दिनुहोस्