12 November 2019  |   मङ्लबार, कार्तिक २६, २०७६

पुर्वराजा ज्ञानेन्द्र शाहले यसबर्ष पनि सर्वसाधारण नागरिकलाई दशैको टीका लगाईदिने

    | प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६  

काठमाडौ । हिन्दु नेपालीको महान पर्व बडा दशैको अबसरमा पुर्वराजा ज्ञानेन्द्र शाहले उपत्यकाका विभिन्न धार्मिक शक्ति पीठमा पुजाआजा गर्ने भएका छन । पछिल्लो समय शाहले विभिन्न स्थानमा रहेका धार्मिक शक्ति पीठमा आफ्नो व्यक्तिगत भ्रमण र पुजापाठलाई निरंतरता दिदै आएका छ्न ।

यसैक्रममा शाहले बिजया दशमीको अबसरपारी महाअष्टमीका दिन काठमाडौ उपत्यकाभित्र रहेका विभिन्न मठ मन्दिरमा पुजाआजा गर्ने तयारीमा छ्न । शाहले नक्साल भगवती, गुह्येस्वरी ,मैतीदेवी, कालिकास्थान,भद्रकाली,संकटा, नरदेवी, रक्तकाली,शोभा भगवती र ईन्द्रायणीको दर्शन भेट र पुजाआजा गर्ने जनाईएको छ ।

निर्मल निवाशका अनुसार शाहले बिजया दशमीको दिन अपरान्ह ४ बजेपछि दशैको टीका सर्बसाधारणलाई टीका लगाईदिने छ्न । यसभन्दा अघिल्लो बर्षहरुमा समेत पुर्वराजा शाहले सर्बसाधारणलाई टीका लगाइदिदै आएका थिए । जसमा सर्बसाधारणको उल्लेखनीय सहभागीता थियो । यसपटक पनि पुर्वराजाको हातबाट टीका थाप्न पाइने भएपछि नागरिकमा खुशियाली छाएको छ ।

प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६     4:30:28 PM  |

प्रतिक्रया दिनुहोस्