14 October 2019  |   सोमवार, अशोज २७, २०७६

सर्वाधिक पुरस्कार राशीको जेटी कप क्रीकेट प्रतियोगिताको पाँचौ संस्करण कार्तिकमा

    | प्रकाशित मितिः शुक्रबार, अशोज १७, २०७६  

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको जगत तारा ईङ्गलिस बोर्डिङ्ग स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको जे.टी. कपको पाँचौ संस्करण आगामी कार्तिक महिनामा हुने भएको छ । विद्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी गराएको हो ।

कार्तिक २० गतेदेखि मंसिर ७ गतेसम्म मुडा बजारको खेल मैदानमा हुने प्रतियोगितामा कैलाली र कञ्चनपुर जिल्लाका गरी १८ टीमको सहभागीता रहने भएको छ । प्रतियोगितामा प्रथम हुनेले ७५ हजार १ रुपैयाँ, दृतिय हुनेले ३८ हजार १ रुपैयाँ, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलर र राईजिङ्ग प्लेयरले क्रमश ३ हजार १ रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।

आयोजक बाल बाटिका बिद्या मन्दिरका प्रिन्सिपल तथा प्रतियोगिताका संयोजक प्रदिप मल्लले धनगढी जस्तै बौनियालाइ पनि क्रिकेटको सहरका रुपमा परीचित गराउन प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । उनले २०७३ सालमा सानो धनराशि बाट विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको सुरुवात गरेर विस्तारै माथि उक्लिदै राष्ट्रब्यापि प्रतियोगिता गर्ने आफुहरुको लक्ष रहेको जानकारी दिए ।

प्रतियोगितामा १८ विद्यालयलाई ६ समुहमा ३÷३ विद्यालय गरी विभाजन गरीनेको छ । खेल लिग कम नकाउटका आधारमा खेलाइने आयोजकले बताएको छ । प्रतियोगिताको लागत ७ लाख हुने प्रिन्सिपल एमं प्रतियोगिताका सह–संयोजक मनोज पन्तले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, अशोज १७, २०७६     9:05:34 PM  |

प्रतिक्रया दिनुहोस्