14 October 2019  |   सोमवार, अशोज २७, २०७६

हामी नेपाली हौ,नेपाल हाम्रो हो र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो :पुर्वराजा शाह

    | प्रकाशित मितिः शनिबार, अशोज १८, २०७६  

काठमाडौ । पुर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र,राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन सम्पुर्ण नेपाली जनतामा आव्हान गरेका छ्न । नेपालीहरुको महान पर्व बडा दशैको अबसरमा शुभकामना शन्देश व्यक्त गर्दै पुर्वराजा शाहले आफ्ना स्वार्थपूर्तिका हरेक कुराहरु भुलेर राष्ट्रिय एकतामा बाधिन आग्रह गरेका हुन ।

उनले पू्र्खाहरुको निकै त्याग,तपस्या र बलिदान बाट बनेको मुलुकको रक्षाका निम्ति सबै नेपालीहरुबीचको आपसी एकता हुनु आबस्यक रहेको बताएका छ्न । शुभकामना शन्देशमा भनिएको छ नेपाल हाम्रो हो,हामी नेपाली हौ र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो । हाम्रो देश,हाम्रो पुरै देशको उन्नति बाहेक अरु केही हुनु हुदैन ।

शुभकामना सन्देशमा अगाडि लेखिएको छ “पू्र्खाको गाथा ,गौरव र सुसस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापि राम्रो हुदैन । एकले अर्कोमाथि दोष थोपर्ने ,जिम्मेवारी पन्छ्याउने,र आ-आफ्नो कमिकम्जोरी ढाकछोप गरि ,निशेध र विभेदको प्रक्रिया अपनाउने प्रवृत्ति कुनैपनी अर्थमा राम्रो होइन ।”

शुभकामना सन्देश हेर्नुहोस ।

प्रकाशित मितिः शनिबार, अशोज १८, २०७६     5:30:09 PM  |

प्रतिक्रया दिनुहोस्