17 November 2019  |   आइतवार, मंसिर १, २०७६

रोजगारीका लागि कोरिया पुगेको १७ दिनमै सुर्खेतका एक युवाको दु:खद निधन

    | प्रकाशित मितिः शनिबार, अशोज २५, २०७६  

दक्षिण कोरिया। रोजगारीका लागि दक्षिण कोरिया पुगेका सुर्खेती युवाको कम्पनी दुर्घटनामा परि निधन भएको छ। १७ दिनअघि इपिएसमार्फत दक्षिण कोरिया पुगेका सुर्खेत पञ्चपुरी नगरपालिका २ घर भई कोरियाको थेजन ख्वाङ्यक-सीमा रहेको एक कम्पनीमा कार्यरत २३ वर्षीय थिर बहादुर दर्लामीको निधन भएको हो।

शुक्रबार दिउँसो १२ बजेतिर कम्पनीमा काम गर्दैगर्दा कम्पनीको सामान खसेर गम्भिर चोट लागि हस्पिटल लगेको र उपचारकै क्रममा आज बिहान करिब १० बजेतिर हस्पिटलले मृत घोषणा गरेको उनीसँगै काम गर्ने साथिहरूले बताए ।उनको घरमा आमाबुबा, एकजना दाइ र दुइजना दिदीहरू छन् भने उनी अविवाहित हुन्। उनीसँगै अन्य ८ जना नेपाली उक्त कम्पनीमा काम गरिरहेका छन्।

घटनाको सत्यतथ्य बुझ्न र मृतकको बारेमा विस्तृत जानकारी लिनको लागि दक्षिण कोरियामा कार्यरत सुर्खेत समाजका अध्यक्ष, कोषाध्यक्ष, सल्लाहकार लगायतका टोलीहरू घटनास्थलमा पुगिसकेको र श्रद्धाञ्जली दिने कार्यक्रम चलिरहेको साथै घटनाको बारेमा नेपाली दुताबास सउलमा जानकारी गराइसकेको र प्रहरी प्रतिवेदन आएपछि मारे घटनास्थल जाने जानकारी दुतावासले दिएको सुर्खेत समाजका बरिष्ठ उपाध्यक्ष पुष्कर बुढाथोकीले जानकारी दिएका छन्।

कोरियामा कम्पनी दुर्घटनामा परेर, सडक दुर्घटनामा परेर, सुतेको अवस्थामै निधन हुने क्रम लगातार बढिरहेको भएतापनि त्यतातिर सम्बन्धित पक्षको ध्यान पुग्न सकेको छैन।

प्रकाशित मितिः शनिबार, अशोज २५, २०७६     6:17:53 PM  |

प्रतिक्रया दिनुहोस्