26 May 2020  |   बुधबार, जेष्ठ १४, २०७७

बलात्कारी अपराधी र भ्रस्टाचारी लुकाउने सरकारभन्दा पारस नै ठिक – राजकुमार

    | प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६  

राजकुमार शाही ठकुरी
एउटा युवती पुर्व युवराज पारस शाहको बाइकको पछाडि बस्दा यति ठूलो रोइला ? दर्जनौ व्यक्तिको टाउको काटेर जेल परेका अपराधिहरु राज्य संयन्त्रमा हुँदा किन गुपचुप ? १७००० निहत्था नागरिकको रगतमा होलि खेल्नेहरु राज्यसत्ता संचालक हुँदा ताली ? अनि देशको भुमि बेच्ने दलाहरु राष्ट्रको बागडोर सम्हाल्दा जय जयकार हुने ?

अर्बौको भ्रष्टाचार गर्ने भ्रष्टहरुलाई सुरक्षा पहरा दिदै सलाम ठोक्नु पर्ने ? स्वधर्मको लिलामि गरी होलिवाईन खादै हिड्ने धर्मछाडा धर्मात्मा हुने ? अनि पुर्व युवराज पारस चाहि कुलत त्याग गरी भगवान पुज्दै हिड्दा चाहि हालसम्म पनि गलत नै हुने ?

कैयौ चेलीहरुको बलात्कार हुँदा ढाकछोप गरि अपराधी बचाउनु भन्दा,३३ किलो त के क्वीन्टल का क्वीन्टल सून तस्करीको जालो बुन्नु भन्दा , होलि वाइनको नाममा विदेशीको फोहोर मिसिएको रक्सी पिउनु भन्दा,देशभरी अराजकता फैलाएर भ्रस्टाचार गर्नुभन्दा ,भारत तथा युरोपको गुलामी गर्दै धर्म , संस्कृति बेच्नुभन्दा गाजा खाएर सुत्नु जाती ! होइनन् र ?

फेरि गाजा खाने गजडी त बरु सुध्रिए तर देश बेच्ने कुलत लागेका अतितमा चप्पल पड्काएर हिड्ने भोका नाङा र कहिल्यै नअघाउने महागजेडीहरु कहिल्यै सुध्रन सक्दैनन । अहिलेको घटनाक्रमले यहि देखाउछ । पारसले गाजा खाए वा छाडे त्यो आफ्नै ठाउँमा छ ।,तर खाए पनि उनले आफ्नै पैसाले खाए । न गाजा खाएर कसैको बलात्कार गरे ,न सुन तस्करी नै गरे, न समाजमा अराजकता नै मच्चाए । आफ्नो धर्म बेचेका छैनन । स्वधर्म मै छन् । स्वास्थ्य र बुझाइ दुबैले नदिएपछि गाजा छाडेर मन्दीर धाएको ,साधु बनेको सबैले देखेकै हो ।

उसो त हृदयघात भएर मृत्यु कै मूख पर्दा पनि न त थाइल्यान्ड बैंकक गए ,न युरोप अमेरिका धाए । बरु नर्भिक मै भर्ना भए , त्यहीबाट ठिक पनि भए । न राज्यले खर्च गर्नुपर्यो, न त जनतालाइ भार नै पर्यो । तस्कर र बलात्कारी ,भ्रष्टचारी अनि लुतो आउदा राज्यको पैसाले बिदेश घुम्ने , निजि हेलिकप्टर र करोडौको गाडी चढ्ने अपराधिहरुका चेलाहरुले यो बुझ्न जरुरी छ कि पारस शाह नसामै भएपनि कसैको नराम्रो गर्दैन्न ।

बरु तिमीहरुले नै अहिले चर्चा र विरोध गर्दै अएको पारस र सोनिका रोकाएको सार्बजनिक भिडियोमा उनले प्रष्ट भनेका छ्न । “तपाईले भन्न खोज्नु भएको के हो ? ‘सबै नेपाली । यो बादी त्यो बादी नभन्नुस् । राजावादी भनेको छुट्याउने कुरा हो । वादी भनेको छुट्याउने कुरा हो । हामी नेपाली ,हामी सबै नेपाली ।

प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६     10:42:41 AM  |

One Comment

  • Madhusudan Pokhrel

    गलत स्कूलिंगबाट गलत छात्र मात्र उत्पादन हुन्छ ।आदर्श स्कूलिंगबाट गलत छात्र उत्पादन हुंदैन । पारस गलत स्कूलिंग को उत्पादन हैनन-हामीलाई भरोषा छ।
    परिआए जिम्मेबारी सम्हालेर देखाउछन भन्ने बिस्वास छ । जार पुत्रहरूको सर्टिफिकेट को आबश्यक्ता छैन।:————————————————————————————-
    पारसको परिबार बिश्वमै नं 1 को आदर्श पाठशाला हो ।यस पाठशालाको शिक्षकमा पृथ्वी नारायशाहको रगत र जेहन छ ।चम्पाको बनबाट चम्पा फूल मात्रै उत्पादन हुन्छ भन्ने सत्य जस्तै पारस यही पाठशाला बाट उत्पादित् छात्र हुन्।
    तिम्रा लेनिन स्टालीन जस्ता हुल्याहा जड्याहा ज्यानमारा धोखेबाज लुटाहा देश बिखण्डनकारी डांका बौलाहा अरकाको सम्पति लुटेर कुकुरहरूलाई बिस्कुट ख्वाईआफ्नो पछी लगाई भुकाहा बनाउने गरीबमारा जरमनी तथा ब्रीटेन संग थर-धर काम्ने कायर शिक्षकहरुले पढाउने पाठशालाको उत्पादित छात्र हैनन्।
    कम्युनिष्ट कांग्रेस जस्तो आतंकबादी पाठशाला को छात्र हैनन। जन्मदा सबै खराब र असभ्य नै जन्मन्छ । यदि परिबार असल सभ्य देशको हावा माटो पानी जनता पहिचान गर्ने त्यागी तपस्वी दूरदर्शी छ भने बिद्यार्थी पकेटमार बाबुराम देउबा कृष्ण सिटौला नेबांग लेनिन मार्कस स्टालीन जस्तो उत्पादन हुंदैन । जार पुत्रहरूले यो कुरा बुझेरै चरित्र हत्या गर्दै बिरोध जानेरै गरेका हुन र निषेध को राजनीति गरेर घृणा फैलाई रहेका हुन । नत्र सत्तामै न रहेको ,भोली मैले राजा बन्ने सपनापनि देखेको छैन भन्ने गणतंत्रबादीहरूकोलागि एकदमै शक्तिहीन ,खतरामुक्त अवस्थाको पारसको बिरुध्द तिनिहरूकै तर्फबाटै ,बार॔बार बिष – बमनको के अर्थ?

प्रतिक्रया दिनुहोस्