17 November 2019  |   आइतवार, मंसिर १, २०७६

राजालाई राष्ट्र र राष्ट्रियता, जनतालाई राजसंस्था अपरिहार्य !

    | प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६  

सोम विक्रम सिंह

एउटा कुरा त शाश्वत छ । गुरु ग‍ोरक्षनाथको आशिर्वाद पाएका वंशज शाह बंशीय राजसंस्थामा सहनशिलताको मापन चरम रूपको उग्र देखिन्छ । शाहवंशीय कुनै सदस्यलाई कुनै राजनितीक सुझाव ,बिचार तथा धारणा दिनपर्छ भन्ने आवश्यकता म देख्दिन । समय समयमा कहिले काहीँ नभड्कियोस् ,बिचलित नहोस्, नबिरक्तियोस् भनेर झक्काउनु मात्रै जरूरत हुन्छ । राजसंस्थाका प्राय सदस्यको रङ्ग रङ्ममा ,रूप रूपमा ,रगत रगतमा र भ्रुण भ्रुणमा तथा जीन जीनमा राजनिती चरम रूपले निरन्तर बगिरहेको हुन्छ ।

राष्ट्रभक्ति र देशभक्ति त नसा नसामा हुन्छ । गद्वी ,श्रीपेच , राजदण्ड र पदवी छोड्न तयार हुन्छन् तर राष्ट्र र राष्ट्रियता छोड्न कदापि तयार हुँदैनन् । सदैव राष्ट्र र राष्ट्रियताको लागि बलिदान दिन तथा सहिद हुन तयार हुन्छन् तर सत्ता र गद्वीको लागि मरिहत्ते गर्दैनन् । राजसंस्थाले देश र जनताको लागि सदैव मौलिक सभ्यता ,राष्ट्रिय पहिचान र मौलिकता धारण गरेर बसिरहेका हुन्छन् । जनतालाई अभिभावकत्व प्रधान गर्न आफ्नै भाईभारदारलाई त्याग गर्ने सक्ने तपस्वी शक्ति हुन्छ । कहिले जनता प्रति आफ्नो स्वार्थ पुर्ति होस् भन्ने चाहना राख्दैनन तर जनता सदैव राष्ट्र तथा राष्ट्रियता प्रति वफादार होस् र अभिवाज्य नेपाल र पुर्ण स्वतन्त्रता प्रति कटिवद्व र प्रतिबद्ध होस् र राजसंस्थालाई यस मानेमा जनताले सदैव सहयोग र समर्थन गरोस् भन्ने आड र भरोसा गरेका हुन्छन् ।

राजसंस्था बरू आफ्नो राजा बुवा स्वर्गीय भएकोमा भावुक हुँदैनन् र रूँदैनन । नेता जसले बिदेशीको दलालीमा देश बेच्छन् ,देशका भुभागमा बिदेशीसँग सम्झौता गर्छन् । आफ्नो मौलिकता बिदेशीको ईशारामा ध्वस्त पार्छन् ,नदिनाला बेच्छन् ,माटोको धर्म ध्वस्त पार्छन् । सामाजिक सद्भाव भड्काई जनता जनता बिच लडाउँछन् । त्यस्ता खाले बिदेशी दास तथा कठपुतलीलाई जनताले साथ दिन्छन्  तब राजाले एकदम चित्त दुखाएर भावुक हुन्छन् र डाँको छोडेर रून्छन् । राजसंस्थाले आफ्नो देशको मात्रै स्थायित्व खोजेको हुन्छ यसको सुरक्षा खोजेको हुन्छ ।

देशलाई बैरी तथा शत्रुले आक्रमण गरे सम्पूर्ण स्वार्थ त्यागी युद्वको अग्रपंक्तिमा सेनापती भई बलिदान दिन अग्रसर हुन्छन् तर खासै सत्तालिप्पमा चासो राख्दैनन् । यसको बलियो उदाहरण हालको नेपालको स्थिति हो । राजा ज्ञानेन्द्रको केहि बर्ष यता देखि राजसंस्था त्याग गरेपछि आईरहेको धारणा तथा बिचारले प्रष्ट भईन्छ । के राजाले थाहा नपाएका हुन् र केही पार्टी तथा नेताले राजा ज्ञानेन्द्र र राजसंस्थाको नाम लिई गरिरहेको स्वार्थरूपि राजनितीलाई । के राजा त्यति साह्रो तिमीहरू जस्तै गोबरग्वाँच होर ? राजाले सम्पुर्ण बस्तुस्थिती सूक्ष्म तरिकाले नियालिरहेका छन् । खासमा सबैले सोचे अनुरूप राजसंस्था प्रति राजा ज्ञानेन्द्रको अभिरूची नभएको पक्कै हो ।

राजसंस्था राजा ज्ञानेन्द्र र शाहबंशीय सदस्यलाई त्यति चासो नभएको पक्कै हो । तर माथि भने अनुरूप तर मुख्य सरोकार त राष्ट्र रहन्छ कि रहँदैन र आफ्नो पुर्खाले हस्तान्तरण गरेको सग्लो नेपाल खण्डित हुन्छ कि भन्ने पिर मात्रै हो । राजस्स्थालाई पुर्ण स्वतन्त्रता तथा अभिवाज्य नेपालको ग्यारेन्टी मात्रै चाहिएको हो । यसको लागि युवराज पारसले भने अनुरूप जनतामा ए फर अ्याप्पल बाट शुरू भएर जनावरमा सिद्विने जी फर जिव्रा भन्ने ज्ञानको भन्दा कबाट कलमबाट शुरूवात भएर “ज्ञ”बाट ज्ञानी भन्ने ज्ञानको बहुत महत्वपुर्ण आवश्यकता छ , जुन खड्किरहेको आवश्यकता छ ।

युवराज पारसले विभिन्न समयमा व्यक्त गरिरहेको भावना पनि आफुलाई राजसि ठाँट भन्दा पनि सामन्य नागरिक झैं जीवन यापन गर्ने व्यक्तित्वले आकर्षण गरिरहेको हुन्छ । झन् उनले आफ्नै भाइजस्ता साथी प्रभन्जन बहादुर सिंहले चोला फेरेर योगी भई गोरखनाथको चरणमा गए बखत देखि अाफुमा व‌ैराग्यता आएको समय समयमा दर्शाउने गरेका छन् । त्यहि माथि आफुले प्राण भन्दा पनि माया गर्ने दा अर्थात दिपेन्द्र सरकार र वीरेन्द्र सरकारको वंशनासमा बिदेशीको ईशारामा आफ्नो नाम जोडे देखि तयश किसिमको नकारात्मक दोषको जलन सहन नसकि त्यो भंडास पोख्ने उचित समय ,स्थान तथा परिवेश खोजिरहेको आभास हुन्छ ।

आफु ब‌ैंककमा मरेर ११ दिनपछि कोमाबाट बाँचेर आउनु नै एक प्रकार चमत्कार थियो । सो समयमा उनले आफुले आफुवुवा अर्थात राजा महेन्द्र , ठुलोबुवा अर्थात राजा बीरेन्द्र तथा सम्पुर्ण परिवारलाई भेटेर आएको तथा सबैजना खुसि र सुखि भेटेको स्मरण गर्छन् । आफु पनि आफ्ना पितृ भएको सुन्दर बगैँचा रहित ठाउँमा जान लालयित भई जान खोज्दा त्यहाँको पालेले धकलेर पठाईदिएको र आफु गुफाबाट फुत्त निस्कँदा काठमाडौंको गोकर्णमा निस्केको भनी सम्झन्छन् । सोहि समयमा नै उनलाई होस आएको थियो र उनी बाँच्छन् भनी डाक्टर र उनको उपचारर्थ सम्पुर्ण टिमलाई झिनो आशा भएको थियो । तर उनी बुझ्न खोज्छन् आफुले किन फेरि पुनर्जन्म लिए के को लागि लिए भनी बारम्बार प्रश्न गर्छन् । उनको राजसंस्था प्रति बितृष्णा भनणदा पनि राष्ट्र र राष्ट्रियता प्रतिलअति मोह र चाहना छ । उनी अाफु राज बन्ने परम्परा र संस्कारमा नजन्मेको र नहुर्केको सुनाउँछन् र नवयुवराज बरू दरबारमै सुडुनीद्वारा परम्परागत रूपले जन्मेको गर्वका साथ सुनाउँछन् । तसर्थ धेरै अनुत्तरित प्रश्न , मनको भंडास उतार्न चोला फेरि योगी बन्न पर्छ कि भन्ने उनको भनाई छ ।

बिगतमा भएको गल्तिबाट प्रायश्चित गर्ने माध्यम पनि यहि हो कि ठान्छन् । तर कति त राजसंस्थाको बिरोधि न‌‌ भए , कति बिदेशीको ल‌ै लै मा लागे , कतिले राजसंस्थालाई दुहुने गाई बनाए भने कतिले चाहिने भन्दा अति बुझे , कति त उप्परबुज्रुक बनेको देखियो । राजालाई भेटें , राजाले यसो गर उसो गर भने भन्ने कुरामा कुनै तुक देखिदैन । राजा ज्ञानेन्द्रलाई चिन्नेलाई र भेट्नेलाई थाहा छ राजाले कहिले यसरी जानु भनेर कार्यनीति र कार्यदिशा तय गरेर दिंदैनन्

प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६     4:20:45 PM  |

प्रतिक्रया दिनुहोस्