17 November 2019  |   आइतवार, मंसिर १, २०७६

नेपालबाट घातक हतियारसहित आतंकबादी भारत छिरेको भारतीय मिडियाको आरोप

    | प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६  

काठमाडौ । भारतले नेपालबाट आफ्नो देशमा आतंकबादी घुसपैठ भएको आरोप लगाएको छ । नेपाल भारत सीमावर्ती क्षेत्रबाट भारतको उत्तर प्रदेश (युपी) मा केही आतंकबादी घुसेको जनाएको हो । केही दिन अघिमात्र भारतले नेपालमा आतंकबादी लुकेर बसेको आरोप लगाएको थियो ।

भारतीय चर्चित पत्रिका अमरउजालाले आफ्नो अनलाइन सस्करणमार्फत नेपालबाट भारतको युपी प्रदेशमा केही आतंकबादी घुसेको भारतीय उच्च अधिकारीलाई उदृत गर्दै उल्लेख गरेको छ “ती आतंकबादीले दिपावलीको समय पारेर भारतका केही क्षेत्रमा आक्रमणको योजना समेत बनाएका छ्न । भारत छिरेका ती आतंकबादीको साथमा घातक हतियार र कार समेत रहेको समाचारमा उल्लेख छ ।

भारतीय मिडियामा यो समाचार छाएसङ्गै सुरक्षा निकायलाई अर्लटमा राखिएको जनाइएको छ । भारतमा नेपालबाट आतंकबादी घुसपैठ गरेको सीसीटीभिमा रेकर्ड भएको समेत समाचारमा जनाईएको छ । आतंकबादी हमलालाई निस्तेज पार्न भारतका विभिन्न क्षेत्रमा सुरक्षा निकाय,प्रशासनिक क्षेत्र र होटेलहरुमा समेत छलफल र सुरक्षा सतर्कता अपानाइएको जनाईएको छ ।

यसबारेमा नेपाल सरकार र गृहमन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्बजनिक नगरे पनि भारतले भने नेपालमा आतंकबादी लुकेर बसेको र भारतमा आक्रमणको योजना बुनिरहेको आरोप लगाउदै आएको छ ।

प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६     5:20:20 PM  |

प्रतिक्रया दिनुहोस्