17 November 2019  |   आइतवार, मंसिर १, २०७६

राष्ट्र र राष्ट्रियता बचाउन संक्रमित भाईरसलाई निर्मुल गरौं

    | प्रकाशित मितिः मङ्लबार, कार्तिक ५, २०७६  

सोम विक्रम सिंह
धेरै दशक अगाडिको सुन्दर र शान्त नेपाल आज कुन स्थितिमा गुज्रिएको छ ? यसलाई एकान्तमा बसेर बुझ्न कोसिस गरे मन भक्कानिएर आउँछ । सदैव हामी अरूलाई दोष दिईरहेका हुन्छौं तर यस्तो स्थितिमा राष्ट्रलाई पुराउन आफ्नो पनि कुनै दोष तथा भुमिका छ भन्ने कहिलै स्विकार गर्दैनौं । देश विभिन्न प्रकारले अधोध्गतीमा धकलीरहेको छ भन्ने सम्पूर्ण नेपालीजनले बुझि नै रहेको छ । देशमा फेरि पनि जनताले नव मुहारको नेतृत्व खोजिरहेको छ । तर देशमा नेतृत्व मात्रै खोज्ने होकि ? देशमा आउने परिवर्तनले मात्रै देश संक्रमित हुन्न भन्ने ग्यारेन्टी के छ ? देशमा परिवर्तन ल्याएर मात्रै हुँदैन जब सम्म देश संक्रमित गर्ने भाईरसको उपचार गर्ने बिधी ल्याईन्न । तवसम्म जुन व्यबस्था ल्याए पनि देशको हालत बिरामीको अवस्था झैँ देखिन्छ ।

देशको व्यबस्था परिवर्तन पछि तुरून्त फाँसी तथा मृत्युदण्डको कानुन ल्याउन पर्छ । नितीगत भ्रष्टाचारी , देशको ढुकुटीमा अनियमितता गर्ने ,देशको संवेदनशील सुचना चुहाउने ,देशको सुरक्षामा आच पुर्याउने ,सेना र सुरक्षा कमजोर बनाउने ,देशलाई घात हुने सम्झौता र सन्धी गर्ने ,बिखण्डनको आवाज उठाउने , विखण्डन गर्न उत्साहित तथा अभिप्रेरित गर्ने ,बलत्कार गरेर हत्या गर्ने , लागू पद्वार्थको ओसारप्रसार तथा बिक्रीवितरण गर्ने , देशको पहिचान भत्काउन खोज्ने, सामाजिक तथा धार्मिक सद्भाव खल्बालाउनेलाई पाँच जना साक्षी राखेर मृत्युदण्ड तथा फाँसी दिई हाल्ने व्यबस्था ल्याउन अत्यावश्यक भईसकेको अनुभुति हुन्छ ।

सुरक्षाको प्रत्येक अंगलाई बलियो तथा स्वतन्त्र र स्वायत्तता बनाउन पर्छ तब जनताले सुरक्षाको अनुभुती गर्छन् । तर यसलाई चेक एण्ड व्यालेन्समा राख्ने संरचना भने तयार पार्नु पर्दछ । सुरक्षाको अङ्गलाई व्युरोक्राट्स तथा मन्त्रालयको चङ्गुलबाट फुत्काउन अत्यन्तै जरूरी छ । नेता र गृह सचिवले प्रहरी प्रशासन र सेनालाई जथाभावी प्रयोग गरेर नै हालको अराजक स्थिति आएको हो । कानुन र न्यायको पनि तालमेल मिल्न पनि अत्यावश्यक देखिन्छ । प्रहरीले रातदिन नभनि सम्पुर्ण संरचना खर्चेर केही अभियुक्त समातेर ल्याउँछ न्यायलयमा बसेका सरकारी वकिलले विभिन्न प्रलोभनमा परि पाँच मिनेटमै कलम धस्काएर रिहा गर्दिन्छन् ।

यता कालो कोटेले पनि सेवा भन्दै व्यबसाय बनाई समाजमा अपाराधीलाई खुल्लम खुल्ला अपराध गर्ने माहोल बनाएको छ । कस्तो संस्कार आयो भने कालो कोटेलाई श्रीमान श्रीमतीको पारपाचुके गराउँदा आनन्द र खुसियालीको माहोल बन्छ । अंशबण्डा गराएर आएको आर्थिक सम्पत्तिमा ठूलो भाग जो खान पाईन्छ । एक निर्दोष जेलमा सड्न नपरोस् भन्ने कानुनको व्याख्या छ । तर जेलको अवलोकन गरे पचास देखि साट्ठी प्रतिशत निर्दोष छ भन्ने सुनिन्छ । आर्थिक हैसियत नभएको सड्छन् ,हैसियत भएकाहरू १२ बर्ष पछि समातिंदा पनि देशका प्रधानमन्त्री भईसकेकाले १२ बर्ष पछि समातिनुमा राजनितीक प्रतिसोध भयो भन्छन् ।

जनताले त्यही अपराधीहरूलाई चुनावमा जिताएर पठाएका हुन्छन् । पार्टीले मोहमद आलम , देवेन्द्रराज कंडेल जो भारतीय नागरिकता धारीहरूलाई देशको मन्त्री जस्तो बनाए । देशमा अपराधी मौलाउनु र देशमा अपराधीहरूको राज हुनुमा प्रमुख दोषी नै जनता हुन् । कहिले यस्त‍ा कुतत्वको बिरोधमा आवाज उठाउन छोडेर चुनावमा भारी मत दिएर जिताएर पठाएको देखिन्छ । पार्टीहरू त बिदेश मै न्वारन तथा पालित पोषित भएका हुन् उनिहरू त स्वभाभिक रूपले तिनका दासी नै हुन्छन् नि , तिनका मालिकले जे भन्यो त्यहि गर्ने । तर जनता किन यति साह्रो लाचर हो ? यिनीहरू जस्ता राष्ट्रघाती र देशद्रोहीलाई साथ समर्थन र भोट दिने ? जाबो एक चोक्टा मासु र रक्सि घुस खाएर आफु कठपुतलीद्वारा शासित हुन रूचाउने ? सर्वप्रथम जनताले एक चोक्टा मासु र रक्सि घुस खान छोड्न अत्यन्तै जरूरी छ ।

जनताले नै अब हामी चुनाव ताका एक चोक्टा मासु र रक्सि घुस खाँदैनौ भन्ने सपथ लिई देशको सक्षम व्यक्तित्वलाई चुनेर पठाउने प्रण गर्न पर्दछ । आफु स्वच्छ छैन भने अनि त्यहि हुलबाट चुनिएका व्यक्तिबाट के आशा गर्ने ? आगे देशमा जनता सर्वेसर्वा हुने शासन व्यबस्थाको लागि लड्न पहिला यी देशद्रोही तथा राष्ट्रघातीलाई परास्त गर्न अग्रसर हुन पर्छ । पार्टी तथा तिनका दलाल नेताहरूले आफु सत्तामा बस्न यिनीहरूले नै सिकाएको एउटा कुराले बारम्बार मलाई झस्काईरहन्छ । त्यो के भने जनताले चाहे भने भ्रष्टाचारी शासक , क्रुर शासक तथा सामन्ती शासकलाई जनताले चट्चट् काट्छन् भन्ने तर त्यसको लागि क्रान्तिको आबश्यक हुन्छ रे । के त्य‍ो समय आएकै होर , जनता एक फेर घोत्लिएर अन्तिम निर्णयमा पुग्न आवश्यक समय त कतै भएको छैन ? देश बनाउन छ भने फोहोरको थुप्रो फाली सरसफाई गर्न अत्यन्तै जरुरी छ ।

समाज यसरी नकुहिने फोहोरको डङ्गुर चाङ लगाएर राख्ने भए देश नै संक्रमित भई सिद्विने डर हुन्छ । सरसफाइकै कुरा गर्ने हो भने उहिले वडा वडाले आफै गर्थे । जुन स्वच्छ रूपले सरकारले जनता प्रति गरेको सेवा थियो ,बिना महिनावारीमा । अहिले यसलाई व्यापारिकरण गरे देखि सरसफाई गर्ने मन लागे आउने र मन नलागे महिनौमा आउने गर्छन् । जुन बेला आए पनि महिनावारि असुलि हाल्छन् क्यार । पहिले संस्थाको रूपमा स्थापित सम्पुर्ण फोहोर व्यबस्थापन अहिले निजीकरण भईसकेको छ । जसमा एमाले र काँग्रेसको बर्चश्व छ ।

घरकै फोहोर हप्ता दिन राख्दा त्यसको दुर्गन्धले स्वास्थ्यमा सहित असर गरि रहेको हुन्छ भने डेङ्गुले जनतामा त्रास पुराईरहेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकास्थित गोल्फुटारमा प्रत्येक बीस दिनमा फोहोर उठाईदिने कार्यतालिकाले गर्दा अचेल गोल्फुटार दुर्गन्धित देखिन्छ भने यो देशमा त बीस तियाँ बर्ष देखि बिदेशीको गुलामहरूले गरेको फोहोरको थुप्रोले देशलाई बिरामी बनाईरहेको होला ? कृपया मनन गरौँ , राष्ट्र र राष्ट्रियता बचाउँ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ५, २०७६     10:34:13 AM  |

प्रतिक्रया दिनुहोस्