17 November 2019  |   आइतवार, मंसिर १, २०७६

विवादित गाएक दुर्गेश थापा प्रहरी नियन्त्रणमा

    | प्रकाशित मितिः मङ्लबार, कार्तिक ५, २०७६  

काठमाडौं । पछिल्लो समय चर्चामा छाएका गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले थापालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीत गाएपछि उनीबिरुद्द प्रहरीमा उजुरी परेको थियो । महानगरीय अपराध महाशाखाकाका अनुसार सोहीउजुरीका आधारमा थापालाई पक्राउ गरिएको हो । सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुन विरीत भएको भन्दै छानबिनका लागि थापालाई नियन्त्रणमा लिईएको प्रहरी भनाई छ ।

विवादमा तानिएको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियरसँगै गाँजा सेवनलाई पनि प्रोत्साहन गर्ने शब्द समेटिएपछि उनको चर्को आलोचना हुँदै आएको छ । उनीमाथि कानुनी कार्बाहीको समेत माग उठेको छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ५, २०७६     12:45:47 PM  |

प्रतिक्रया दिनुहोस्