24 February 2020  |   सोमवार, फाल्गुन १२, २०७६

संघीयताले देश डुबायो,अर्कोतिर गणतन्त्र गुम्ने खतरा छ :-चित्रबहादुर केसी

    | प्रकाशित मितिः मङ्लबार, कार्तिक ५, २०७६  

काठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्र गुम्ने खतरामा रहेको बताएका छ्न । राजधानीमा आज आयोजित एक साक्षात्कार कार्यक्रममा उनले गणतन्त्रप्रति नै जनताको निराशा उत्पन्न भएको यो गुम्ने खतरा रहेको बताए ।

अध्यक्ष केसीले गणतन्त्र, धर्मनिरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताए ।उनले २०६२–०६३ सालको जनआन्दोलनबाट ल्याएका उपलब्धि बचाउन एक ढिक्का हुनुको अब विकल्प समेत नरहेको बताए ।

उनले मुलुकलाइ  संघीयता बाडिएपछि झन धेरै समस्याथपिएको बताए ।  मुलुकमा यतिवेला दुई तिहाई बहुमतको सरकार रहेको भएपनि नेपाली जनताले सुशासनको अनुभुति गर्न नपाएको उनले बताए ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ५, २०७६     9:37:49 PM  |

प्रतिक्रया दिनुहोस्