17 November 2019  |   आइतवार, मंसिर १, २०७६

राजसंस्था र हिन्दु राष्ट्रका लागि रोल्पामा शंखध्वाेस,बाजागाजा सहित रोल्पाली सडकमा

    | प्रकाशित मितिः बुधबार, कार्तिक ६, २०७६  

काठमाडौ । तत्कालीन माअाेवादीको उद्गगम भूमि मानिने राेल्पाबाट राजसंस्था तथा हिन्दुराष्ट्  पुनर्स्थापनाका लागि  शंखध्वाेस भएकाे छ । राप्रपा ( संयुक्त ) राेल्पाकाे अायाेजनामा भएकाे कार्यक्रममा ठूलो सङ्ख्यामा रोल्पाली नागरिकको सहभागीता थियो ।

राप्रपा (सयुक्त)पार्टी उच्च कार्य सम्पादन सदस्य तथा पूर्वमन्त्री जगत गाैचनले मुलुकको रक्षाका निम्ति अब राजसस्थासहित सनातन हिन्दु राष्ट्रको विकल्प नभएको भन्दै अान्दाेलनकाे शंखध्वाेस गरे । बाक्लो मात्रामा नागरिक सहभागीता रहेकोे उक्त कार्यक्रममा बाजा गाजा सहितकाे नारा जुलुस निकालिएको थियो । सो नारा जुलुसले बजारकाे विभिन्न भाग परिक्रमा गरेको थियो । सभालाई  नेता तथा  पूर्वमन्त्री जगत गाैचन , कार्य सम्पादन सदस्य तथा युवक संगठनका केन्द्रीय संयाेजक रविन्द्र प्रताव शाहले सम्वाेधन गरे ।

त्यस्तै कार्य सम्पादन सदस्य तथा अादिवासी जनजाति विभागका प्रमुख अाङनिमा शेर्पा , केन्द्रीय सदस्य हरू गाेपी ढकाल , श्याम प्रसाद घिमिरे  र  गाेपी शर्मा लगायत स्थानीय नेता हरूले समेत बाेल्नु भएकाे सभाकाे अध्यक्षता पार्टी राेल्पाका अध्यक्ष अमर बहादुर थापाले गरेका थिए ।

तस्बिरमा हेर्नुहोस ।

प्रकाशित मितिः बुधबार, कार्तिक ६, २०७६     5:11:55 PM  |

प्रतिक्रया दिनुहोस्