17 November 2019  |   आइतवार, मंसिर १, २०७६

कमल थापाको साथ छोडी राप्रपा डोल्पाका ५३ नेता कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

    | प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७६  

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी डोल्पाका ५३ नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बिहीबार काँग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच राप्रपाका नेता पूर्णबहादुर बूढाको नेतृत्वमा डोल्पाका ५३ नेता कार्यकर्ताले कमल थापा नेतृत्वको राप्रपा परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई काँग्रेस पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।उनका अनुसार पार्टीको केन्द्रीय समितिको बैठकअघि नवप्रवेशीलाई स्वागत गरिनेछ ।

आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवार चयनका साथै भ्रातृ संगठनको नेतृत्व चयन विषयमा टुंगो लगाउनका लागि काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।

 

 

प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७६     4:32:31 PM  |

प्रतिक्रया दिनुहोस्