17 November 2019  |   आइतवार, मंसिर १, २०७६

राति १० बजेपछि देउसी भैलो खेल्न नपाईने,तोकेर पैसा नमाग्न सरकारको चेतावनी

    | प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६  

काठमाडौ । सरकारले चाडपर्वका नाममा शान्ति सुरक्षामा खलल पुग्नेगरी कुनै क्रियाकलाप नगर्न आग्रह गरेको छ । खासगरी तिहारको समयमा अबैध रूपमा पटका भित्र्याउने,पड्काउने,मदिरा पियर होहल्ला गर्नेजस्ता क्रियाकलाप हुनेगरेको भन्दै यसलाई रोक्न सर्बसाधारण सबैलाई आग्रह गरेको छ ।

यसैगरी सरकारले तिहारमा राति १० बजेपछि देउसी/भैलो खेल्न रोक लगाएको छ। गृहमन्त्रालयको निर्देशनमा देशभरका स्थानीय प्रशासन कार्यालयहरुले राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी र भैलोलगायत कार्यक्रम आयोजना गर्न रोक लगाएको हो ।
स्थानीय प्रशासनको आदेश अटेर गरेको पाइए शान्ति सुरक्षा व्यवस्थापनमा खलल र्पुयाएको अभियोगमा कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ। देउसी-भैलोलगायतका कार्यक्रममा अरुलाई नकारात्मक असर पुग्नेगरी कुनैपनि गतिविधि नगर्नसमेत स्थानीय प्रशासनले सचेत गराएको छ।

सार्वजनिक आवागमनलाई अवरोध पुग्नेगरी समेत कुनैपनि कार्यक्रम नगर्न स्थानीय प्रशासन कार्यालयहरुले कार्यक्रम आयोजकलाई निर्देशन दिएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले रातको समयमा देउसीरभैलोलगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्न नपाइने गरी जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको जानकारी दिए।

प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६     5:20:50 PM  |

प्रतिक्रया दिनुहोस्