17 November 2019  |   आइतवार, मंसिर १, २०७६

राजसंस्था फर्कन सक्ने पुर्वराजा ज्ञानेन्द्र शाहको संकेत

    | प्रकाशित मितिः मङ्लबार, कार्तिक १२, २०७६  

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देश र जनताको सार्बभौमसत्ता नै आफ्नो लागि सबैभन्दा ठूलो कुरा भएको बताएका छन । मंगलबार बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका ग्रहण गरिसकेपछि संचारकर्मीसँग बोल्दै पूर्वराजा शाहले यसका निम्ति देशमा शान्ति ,अमन चयनका लागि आफूले कामना गरेको बताए ।

देशको अखण्डता,राष्ट्रिय स्वाधीनता र राष्ट्रको सार्बभौमसत्ता नै आफ्नो एकमात्र उदेश्य भएको शाहले बताए । नेपाल र नेपाली जनताको निम्ति पूर्वराजा शाहले यसभन्दा अघि  दसैँका बेला आफूले दिएको सन्देशको मनन गर्न आग्रह गरे । उनले भने” देशको परिस्थितिको कुरा गर्नुपर्दा खेरी केही हप्ता अगाडि मैले एउटा सन्देश दिएको थिएँ म त्यो सन्देश फेरि सबैलाई मनन गर्न आग्रह गर्दछु “।

पुर्वराजा शाहले केही दिन अघि लक्ष्मी पुजाको दिन धन हुनेलाई मन पाइयोस् र मन हुनेलाई नेपालीपन पाइयोस् भनेर प्राथना गरेको समेत बताए ।शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अप्ठयारोमा पर्न सक्ने बताए ।

पुर्वराजा शाहले परिवर्तन हुँदा खेरीका दुई कुरालाई महत्व दिन आग्रह गरे ।पूर्वराजा शाहले प्रगति र विकास कुनै पनि परिवर्तनपछिको महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै सो कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्ने गरी नभए परिवर्तनकर्ताहरु आफैं अप्ठयारोमा पर्ने बताए ।

उनले जुनसुकै पनि परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुनुपर्छ । एउटा प्रवृत्ति र अर्को विकास । यी दुईटा कुरालाई मनन गरेन र बुझेन भने पविर्तनको माने हुँदैन, परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ । विकास भनेको कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्नुपर्ने कुरा हो पुर्वराजा शाहले भने “।

पूर्व राजा शाहले त्यस अवसरमा आज भाईटीकाको दिन कसैको कुरा काट्ने वा खुट्टा तान्ने दिन नभएको उल्लेख गर्दै धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् भनि शुभकामना पनि व्यक्त गरे ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १२, २०७६     1:08:30 PM  |

प्रतिक्रया दिनुहोस्