17 November 2019  |   आइतवार, मंसिर १, २०७६

निर्माणाधीन हाइड्रोपावरको इनलेट सुरुङभित्र पसेका छ जना कामदार सम्पर्कविहीन

    | प्रकाशित मितिः सोमवार, कार्तिक १८, २०७६  

बझाङ । बझाङमा निर्माणाधीन अबस्थामा रहेको कालांगा हाइड्रोपावरको इनलेट सुरुङभित्र पसेका छ जना कामदार सम्पर्कविहीन भएका छन् । जिल्लाको बुङ्गल नगरपालिका–२ दाडिममा रहेको उक्त हाइड्रोपावरमा उनीहरु काम गर्नका लागि भन्दै ३ वटा ट्याक्टर र एक जिपसहित आइतबार सुरुङभित्र पसेका थिए ।

प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, महेन्द्र साउँद, शेरबहादुर धामी लगायत छन् । अन्य दुईजनाको नाम खुलेको छैन ।  सुरुङभित्र पसेका दुईजना बाहिर निस्किएको बताइए पनि उनीहरु सम्पर्कमा नभएका कारण यकिन भन्न नसकिएको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन भएकाको खोजीका लागि उद्धारका लागि गएका दुईजनाको बेहोसीमा प्रहरीले उद्धार गरेको छ । सुरुङको लम्बाइ १ किलोमिटर ४ सय मिटर छ । अक्सिजनको अभावका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक १८, २०७६     12:13:37 PM  |

प्रतिक्रया दिनुहोस्