17 November 2019  |   आइतवार, मंसिर १, २०७६

निर्माणाधीन शुरुङमा फसेका ४ जना मजदुर मृत भेटिए

    | प्रकाशित मितिः सोमवार, कार्तिक १८, २०७६  

बझाङ । बुङ्गल नगरपालिका–१ मा निर्माणाधीन कालंगा हाइड्रोपावरको शुरुङमा फसेका ४ जना मजदुर मृत अवस्थामा फेला परेका छन् ।

काठमाण्डुबाट गएको नेपाली सेनाको उद्दार टोलीले शुरुङ भित्र फसेका ४ जनालाई मृत अवस्थामा फेला पारेको हो ।
शुरुङ परी मृत्यु हुनेमा कालंगा हाइड्रोपावरमा काम गर्ने दैलेखका गुरास गाउँपालिका–३ का कर्णबहादुर शाही, सोही ठाउँका महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद–६ का महेन्द्र साउँद र बझाङको बुङ्गल नगरपालिका–१ का शेरसिंह धामी छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी गणेश बमका अनुसार ४ जना मजदुरहरु शुरुङको १३ सय मिटर भित्री क्षेत्रमा मृत फेला परेका हुन् । शुरुङ भित्र खसेको माटोमा पुरिएको अवस्थामा मृतकहरु फेला परेका डिएसपी बमले जानकारी दिए ।

 

प्रकाशित मितिः सोमवार, कार्तिक १८, २०७६     5:18:27 PM  |

प्रतिक्रया दिनुहोस्