17 November 2019  |   आइतवार, मंसिर १, २०७६

नव नियुक्त सातै प्रदेश प्रमुखको शपथग्रहण आजै

    | प्रकाशित मितिः मङ्लबार, कार्तिक १९, २०७६  

काठमाडौं। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशमा नयाँ प्रमुख नियुक्त गरेकी छन् । प्रदेश प्रमुखहरूको शपथग्रहण मंगलबार हुने पनि राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई नियुक्त गरेकी हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले उल्लिखित व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गरेको थियो । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रस्ताव गरेका नाम मन्त्रिरिषद् बैठकबाट सिफारिस भई अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो ।

राष्ट्रपति कार्यालयले पनि नयाँ प्रदेश प्रमुखहरू शपथग्रहणको कार्यक्रम सोमबार विहान ११ बजेका लागि तोकेको छ ।

प्रदेश १ : सोमनाथ अधिकारी ‘प्यासी’
प्रदेश २ :  तिलक परियार
प्रदेश ३ : विष्णु प्रसाईं
गण्डकी प्रदेश :  अमिक शेरचन
प्रदेश ५ :  धर्मनाथ यादव
कर्णाली प्रदेश :  गोविन्द कलौनी
सुदूरपश्चिम प्रदेश : शर्मिला त्रिपाठी

 

 

प्रकाशित मितिः मङ्लबार, कार्तिक १९, २०७६     7:18:21 AM  |

प्रतिक्रया दिनुहोस्