17 November 2019  |   आइतवार, मंसिर १, २०७६

बाघको आक्रमणमा परि निकुञ्ज कर्मचारीको मृत्यु

    | प्रकाशित मितिः मङ्लबार, कार्तिक १९, २०७६  

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो ।

निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताए ।

थारु २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत रहेका थिए । हात्ती लिएर जङ्गल पस्नुभएका थारु हात्तीबाट ओर्लिएर हात्तीलाई खर काट्ने क्रममा एक्कासि बाघले  आक्रमण गरेर सय मिटर पर लगेको थियो ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १९, २०७६     4:57:40 PM  |

प्रतिक्रया दिनुहोस्