17 November 2019  |   आइतवार, मंसिर १, २०७६

वर्षौंपछि लोकप्रिय गायकद्वय भगवान भण्डारी र राजु परियारको आवाजमा ‘सान्नानीको पछ्यौरी’ (भिडियो सहित)

    | प्रकाशित मितिः बिहिबार, कार्तिक २१, २०७६  

काठमाडौं। नेपाली लोक दोहोरी क्षेत्रमा लामो समय बिताइसकेका बहुचर्चित अनि लोकप्रिय पुराना युगल जोडी भगवान भण्डारी र राजु परियारको आवाजमा ‘सान्नानीको पछ्यौरी’ सार्वजनिक भएको छ।

विदेशी भूमिमा रहेर पनि आफ्नो मौलिक लोकसंस्कृतिको जगेर्नामा हरदम लागिरहनु भएका लोकप्रिय अग्रज गायक भगवान भण्डारीको आफ्नै लय तथा शब्द सृजना रहेको यो गीतको महिला आवाजमा भण्डारी र परियारलाई बहुचर्चित अनि लोकप्रिय अग्रज गायिका बिमाकुमारी दुराले साथ दिनुभएको छ।

चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन, राजेश घिमिरेको छायांकन र विष्णु शर्माको सम्पादनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा गायक भण्डारी, सृष्टि कुमाल र अन्य कलाकारहरूको सुन्दर अभिनय देख्न सकिन्छ।

साईभिजन प्रा.लि.ले दृष्य निर्माण गरेको यस गीतको म्युजिक भिडियोलाई गायक भगवान भण्डारीको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

लोकप्रिय अग्रज गायकद्वय भगवान भण्डारी, राजु परियार, गायिका बिमाकुमारी दुरा लगायत यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना। 

भिडियो हेर्नुहोस्

प्रकाशित मितिः बिहिबार, कार्तिक २१, २०७६     1:20:58 PM  |

प्रतिक्रया दिनुहोस्