17 November 2019  |   आइतवार, मंसिर १, २०७६

मलेसियामा एक नेपालीको मृत्यु

    | प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, २०७६  

काठमाडौ । रोजगारीका लागि मलेसिया पुगेका सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मृत्यु भएको छ ।

मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित  जिलियन क्रेसियन कम्पनीमा कार्यरत  यादव  ड्युटीमा जानका लागि  तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिए ।

अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ  ।

यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल  सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न  निकायलाई आग्रह गरिएको छ । दुई वर्षअगाडि  यादव  रोजगारीको सिलसिलामा मलेसिया गएका थिए। (रासस)

प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, २०७६     8:39:13 AM  |

प्रतिक्रया दिनुहोस्