17 November 2019  |   आइतवार, मंसिर १, २०७६

बराहतालमा ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

    | प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, २०७६  

सुर्खेत। सुर्खेत जिल्लाको बराहताल गाउँपालिकामा ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।


“ट्राफिक नियमको पालना गरौं, आफू पनि बाँचौं, अरूलाई पनी बचाउँ” भन्ने नाराका साथ बराहताल गाउँपालिका वडा नं. ५ बड्डिचौरमा बड्डिचौर बजार व्यवस्थापन समिति, बराहताल स्वतन्त्र साहारा युवा क्लब, लखन युवा मञ्च तथा बराहताल कोरियन ग्रूपको संयुक्त आयोजना तथा बराहताल गाउँपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको सहयोगमा आज कार्यक्रम सम्पन्न भएको हो ।
बड्डिचौर बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बराहताल गाउँपालिकाका अध्यक्ष तेज बहादुर बस्नेतको प्रमुख आतिथ्य तथा जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायव निरिक्षक दिपेन्द्र केसी तथा बराहताल गाउँपालिका ८ का अध्यक्ष मणीराज कार्कीको विशेष आतिथ्यता रहेको बराहताल कोरियन ग्रुपका अभियन्ता  अमर मर्साङ्गी मगरले जानकारी दिएका छन्।

साथै यो कार्यक्रम आगामी शुक्रबार जनज्योति मावि बड्डिचौरमा सम्पूर्ण विद्यार्थीको माझमा हुने भएको छ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, २०७६     9:14:44 PM  |

प्रतिक्रया दिनुहोस्