17 November 2019  |   आइतवार, मंसिर १, २०७६

लागू औषध र साइवर क्राइमबारे विद्यालयमा अभिमुखिकरण

    | प्रकाशित मितिः आइतवार, कार्तिक २४, २०७६  

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको Crescent Dhangadhi सिटि स्कुलमा लागू औषध र साईबर अपराध सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

पछिल्लो समय समाजमा बिभिन्न प्रकारका लागुऔषध दुर्वेसनी तथा अपराधिक क्रियाकलाप बढ्दै गएपछि सामुदायिक सुरक्षा अभिवृद्धिका लागि विद्यार्थीलाई जानकारी दिन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

जसअन्तर्गत लागू औषध ,साईबर अपराध र यसको कानुनी कारबाहीका बारे विद्यार्थीलाई जानकारी गराईएको थियो ।

युवा शान्ति परिषद नेपाल र वडा प्रहरी कार्यालय धनगढी द्वारा संचालित उक्त एक दिने कार्यक्रमा विद्यालयका विद्यार्थीहरु लाई वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरिक्षक पुष्कर पन्तले लागू औषध र पछिल्लो समय चर्चामा रहेको साईबर अपराधका बारेमा जानकारी गराएका थिए ।

उपमहानगरका बिभिन्न क्षेत्रमा लागु औषध र साईबर अपराधका घटना बढ्दै गएका कारण त्यसको रोकथामका लागि यो कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, कार्तिक २४, २०७६     9:36:17 PM  |

प्रतिक्रया दिनुहोस्