8 December 2019  |   आइतवार, मंसिर २२, २०७६

रातो र चन्द्र शुर्य गीतमा पूर्व राजा र हिमानीको डान्स (भिडियो सहित)

    | प्रकाशित मितिः सोमवार, मंसिर २, २०७६  

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन् ।

प्रायः युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज दिएका थिए ।

भिडियो हेर्नुहोस 

पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् ।यसअघि पूर्व युवराज पारस शाह आफ्ना छोराछोरीसँग एलओडी पुगेका थिए ।पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए ।

– रातोपाटीको सहयोगमा

प्रकाशित मितिः सोमवार, मंसिर २, २०७६     7:00:26 AM  |

प्रतिक्रया दिनुहोस्